Logo

दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार रकम भने घट्यो

दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार रकम भने घट्यो



काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । बजेटमा सेयर लगानीकर्तालाई करको दायरामा ल्याउने उल्लेख गरिएपछि दुई दिन लगातार उच्च अंकले घटेको नेप्से बिहीबार भने उकालो लागेको हो ।

आज नेप्से १६.५४ अंकले बढ्दै १८ सय ६६ को विन्दुमा पुगेर बन्द भएको हो । बुधबार राजस्व विभागले पटके लगानीकर्तालाई बजेटमा समेटिएको करको व्यवस्था लागू नहुने बताएपछि बिहीबार नेप्से बढेको लगानीकर्ताहरु बताउँछन् ।

आज दिनभर २ सय ७२ कम्पनीका ६१ लाख २८ हजार ६ सय २१ कित्ता सेयर २९ हजार ९ सय २२ पटक किनबेच हुँदा कारोबार रकम भने १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ ।

अघिल्ला दिनहरुमा नेप्से परिसुचक घटेपनि कारोबार रकम भने २ अर्ब नाघेको थियो । आज १ सय ७१ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ३७ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्