Logo

बजेट भाषणको भोलिपल्ट नेप्सेमा ५३ अंकको पहिरो, २०७ कम्पनीको सेयर मूल्य ओरालो

बजेट भाषणको भोलिपल्ट नेप्सेमा ५३ अंकको पहिरो, २०७ कम्पनीको सेयर मूल्य ओरालो



काठमाडौं । आगामी आर्थिक बर्षको बजेट भाषणको भोलिपल्ट मंगलबार नेपाल स्टक एक्सचेन्चमा ठुलो गिरावट आएको छ । मंगलबार बजार खुल्नेवित्तीकै ओरालो लागेको बजार अन्तिम समयमा ५३.१६ अंकले घट्दै १८ सय ८८ को विन्दुमा पुगेर रोकिएको हो ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षका लागि साढे १७ खर्ब बढीको बजेट प्रस्तुत गरेका थिए । त्यसमा केहि बुँदाहरु सेयर बजारको हित विपरित भएको लगानीकर्ताहरुले बताउँदै आएका छन् । बजेटमा एफपीओको कर र मर्जर तथा एक्विजिसनको कर आगामी चैत मसान्तसम्म तिर्नुपर्ने उल्लेख भएपछि लगानीकर्ता पेनिक भएको केहि लगानीकर्ताहरु बताउँछन् ।

जसका कारण आज कारोबार अवधिभर २ सय ७५ कम्पनीको सेयर कारोबार भएकोमा २ सय ७ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ भने बाँकी ९ कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिएको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र बीपीडब्लु लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा श्वेतगंगा जलविद्युत र सिटिजन्स म्युचुअल फण्डको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज दिनभर ७० लाख ७४ हजार २ सय ५४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने २ अर्ब ३४ करोड १७ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्