काठमाडौं । सरकारले अब न्युनतम १ सय रुपैयाँ पुँजी राखेर पनि कम्पनी दर्ता गर्न सकिने गरी व्यवस्था निर्माण गर्ने बताएको छ । सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।
उनले अब न्युनतम १ सय रुपैयाँ अधिकृत पुँजी राखेर पनि कम्पनी दर्ता गर्न सकिने व्यवस्था मिलाईने बताएका हुन् । यस्तै उनले अब कम्पनी दर्तामा लाग्दै आएको शुल्क हटाउने घोषणासमेत गरेका छन् ।