Logo

नयाँ जहाज खरिदका लागि नयाँ उपसमिति गठन, २१ दिनमा प्रतिवेदन पेश गर्ने

नयाँ जहाज खरिदका लागि नयाँ उपसमिति गठन, २१ दिनमा प्रतिवेदन पेश गर्ने



काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले २ ओटा नयाँ जहाज खरिदका लागि कार्ययोजना अघि बढाएको छ । कम्पनीले शहरी क्षेत्रका एयरपोर्ट (ट्रंक रुट)मा उडान भर्न सक्ने दुई वटा जहाज खरीद गर्ने कार्य योजना अघि वढाउन उपसमिति गठन गरेको छ ।

निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीको अध्यक्षतामा बसेको मिति २०८० वैशाख २६ गतेको संचालक समितिको वैठकले निगम संचालक समितिका सदस्य निगमले संचालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको हो ।

उक्त उपसमितिले यथाशक्य चाँडो त्यस प्रकारका जहाज खरिदका लागि २१ कार्यदिन भित्र प्रतिवेदन वुझाउने भएको छ ।
ट्रंक रुटमा चल्ने जहाज नभएको कारण निगमले हाल शहरी एवं व्यापारिक हिसावले फाइदाजनक क्षेत्रमा उडान भर्न सकेको छैन । निगमले दुई वटा जहाज खरीद गरेपश्चात काठमाडौ, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी लगायत नेपालका शहरी क्षेत्रबाट प्रादेशिक उडान भरी अझै धेरै यात्रुहरुलाई सेवा प्रदान गर्न सकिने छ ।

यीे जहाजहरु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आवश्यक समन्वय गरी नियमानुसार पारदर्शी रुपले खरीद गरिने निगमले जानकारी दिएको छ । जहाज खरीद पश्चात् अन्तर्देशीय पर्यटन प्रबद्र्धन हुने, निगमको उपस्थितिले वजार सन्तुलित भई हवाई भाडा दर केहि हदसम्म सुपथ हुने र निगमको सेवा प्रभावकारी भई उपभोक्ता हित संरक्षण हुने विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्