Logo

नौ महिनामा ९ खर्ब रेमिट्यान्स भित्रियो, विदेश जाने ५१ प्रतिशतले बढे

नौ महिनामा ९ खर्ब रेमिट्यान्स भित्रियो, विदेश जाने ५१ प्रतिशतले बढे



काठमाडौं । चालु आर्थिक बर्षको ९ महिनामा ९ खर्ब ३ अर्ब रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गएको साउनदेखि चैत मसान्तसम्म विदेशमा रहेका नेपालीले उक्त रकम नेपाल पठाएका हुन् ।

यो गत आर्थिक बर्षको साेही अवधिको तुलनामा २४.२ प्रतिशतले बढी हो । गत बर्ष यस्तो रकम अघिल्लो बर्षको सोही अवधिको तुलनामा ०.२ प्रतिशतले घटेको थियो ।

चालु आवको ९ महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड डलर पुगेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई ३ लाख ८७ हजार ८ सय ३९ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या यस अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २ लाख १७ हजार ९ सय ५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्