काठमाडौं । नेपाल धितोपत्र बोर्डले ज्ञानेन्द्रलाल प्रधान विरुद्ध मुद्दा दायर गरेको छ । प्रधानले पदीय दुरुपयोग गर्दै स्वार्थ बाझिने गरी श्रीमतीको नामको सेयर बिक्री गरेको भन्दै बोर्डले मुद्दा दायर गरेको हो ।
धितोपत्र दर्ता तथा निष्काशन नियमावली अनुरुप कुनै पनि सुचिकृत संस्थाको अध्यक्ष तथा संचालक हुँदा र हटेको १ वर्ष पुरा नभएसम्म आफ्नो सेयर बिक्री वितरण गर्न पाईदैन । तर प्रधानले आफु अध्यक्ष भएको कम्पनीको सेयर नियम विपरित श्रीमतीको नाममा नामसारी गरी गैरकानूनी रुपमा दोस्रो बजारमा बिक्री गरेको पत्ता लागेपछि बोर्डले उनी विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
प्रधानले आफु अध्यक्ष भएको नेपाल हाईड्रोको सेयर श्रीमती, छोरा र छोरीको नाममा नामसारी गरेर बिक्री गरेको बोर्डको अनुसन्धानबाट खुलेको हो । उनले धितोपत्र सम्बन्धी ऐनको दफा ९८ अनुरुपको कसुर गरेको भन्दै ३ लाख रुपैयाँसम्म जरिमाना २ वर्षसम्म कैद सजाय माग गरेको छ ।