Logo

आइएमएफले ६ अर्ब ९२ करोड दिँदै, अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने

आइएमएफले ६ अर्ब ९२ करोड दिँदै, अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने



काठमाडौं । नेपालको बजेट सहायताका लागि भन्दै अन्तरराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले ६ अर्ब ९२ करोड रुपैयाँ ऋण सहायता दिने भएको छ । कोषको सोमबार बसेको बोर्ड बैठकले नेपाललाई विस्तारित कर्जा सुविधा अन्तर्गतको दोस्रो किस्तावापत ५ करोड २८ लाख अमेरिकी डलर (हालको विनिमय दर अनुसार ६ अर्ब ९२ करोड ८९ लाख ४४ हजार रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने निर्णय गरेको हो ।

कोषले गत बर्ष जनवरी १२ मा ३८ करोड ४८ लाख अमेरिकी डलर उपलब्ध गराउने विस्तारित कर्जा सुविधा उपलब्ध गराउने निर्णय गरेकाे थियो । त्यसबेला कोरोनाले थिलथिलो बनाएको नेपाली अर्थतन्त्रलाई सहयोग पुर्याउने बताईएको थियो । यसैका कारण पनि कोरोना महामारी, रुस युक्रेन युद्धलगायतका विपत्तिले पनि नेपाली अर्थतन्त्रलाई सहज तरिकाले चल्न सजिलो बनाएको बताईएको छ ।

यस्तै पछिल्लो समय विश्वलगायत नेपाली अर्थतन्त्रमा समेत देखिएको संकुचनलाई पनि कोषको उक्त सहायताले सहयोग पुर्याउने कोषले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL