काठमाडौं । सरकारले आर्थिक वर्ष २०७३/७४ को लागि १० खर्ब ४८ अर्ब ९२ करोडको बजेट ल्याएको छ । उक्त बजेटलाई भर्खरै मात्र बसेको मन्त्रीपरिषद्को बैंठकले स्वीकृति गरेको हो ।
सराष्ट्रिय योजना आयोगले ९ खर्ब ९ अर्ब रुपैयाँको सिलिङ दिएपनि केही नयाँ कार्यक्रम थप्नु पर्ने भएकाले बजेट बढ्न गएको हो ।
अर्थमन्त्री विष्णु पौडेलले भर्खरै मात्र बसेको मन्त्रिपरिषद्को बैठकमा आगामी आवको बजेटको वारेमा व्रिफिङ् गराएका थिए । अर्थमन्त्री पौडेलले जानकारी गराएसँगै आगामी आवको बजेटलाई मन्त्रीपरिषद्ले पास गरेको हो ।