Logo

ग्लोबल आईएमई बैंकको नाफा ४ अर्ब ३५ करोड, यस्तो छ प्रतिसेयर आम्दानी

ग्लोबल आईएमई बैंकको नाफा ४ अर्ब ३५ करोड, यस्तो छ प्रतिसेयर आम्दानी



काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमाससम्म ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा बैंकको खुद नाफा ३ अर्ब ७२ करोड रुपैयाँ रहेको थियो ।

वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ९६ करोड २६ लाख रुपैयाँ भने ६ अर्ब ६ करोड सञ्चालन मुनाफा आर्जन गरेको छ । बैंकको खुद ब्याज आम्दानी ५८.५० प्रतिशतले बढेर ११ अर्ब ७९ करोड भएको छ ।

बैंकले १ खर्ब ३१ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ६२ अर्ब कर्जा परिचालन गरेको छ । चुक्ता पुँजी ३५ अर्ब ७७ करोडको बैंकको रिजर्भको आकार भने ७८.११ प्रतिशतले बढेर १९ अर्ब ६ करोड पुगेको छ ।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ३.९६ प्रतिशत पुगेको छ । बैंकको ईपीएस घटेर १७.०८ रुपैयाँ कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५५.९९ रुपियाँ रहेको बैंकले आज प्रकशित गरेको रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL