Logo

३ नयाँ जहाज खरिद गर्दै नेपाल एयरलाइन्स, दुर्गम क्षेत्रको उडानमा प्रयोग गरिने

३ नयाँ जहाज खरिद गर्दै नेपाल एयरलाइन्स, दुर्गम क्षेत्रको उडानमा प्रयोग गरिने



काठमाडौं । नेपाल एयरलाईन्सले ३ नयाँ जहाज खरिद गर्ने भएको छ । दुर्गम क्षेत्रका आम जनताको ठूलो मागलाई सम्वोधन गर्न र हवाई कनेक्टिभिटी वढाउन दुर्गम क्षेत्रमा उडान भर्न सक्ने ३ वटा साना जहाज खरीद गर्ने प्रक्रिया अघि बढेको निगमले जानकारी दिएको छ । यसका लागि कार्ययोजना अघि वढाउन निगम व्यवस्थापनको उप समितिले आफ्नो प्रतिवेदन पेश गरिसकेको निगमको भनाई छ ।

‘यस कार्यमा विशेष पहल गरी यथासक्य छिटो त्यस प्रकारका जहाज खरीद कार्य सम्पन्न गर्नको लागि निगम संचालक समितिद्धारा संचालक समितिका सदस्य बरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरिएको छ,’ निगमले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘उक्त उपसमितिले कार्य समेत सुरु गरिसकेको छ ।’

यी जहाजहरु निगमले आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार पारदर्शी रुपले निर्माता कम्पनीसँग खरीद गर्न लागेको हो । निगमले नयाँ ३ वटा जहाज खरीद गरेपश्चात नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरुलाई सेवा प्रदान गर्न सकिने छ ।

साथै, पर्यटन प्रबद्र्धन हुने, निगमको उपस्थितिले वजार सन्तुलित भई हवाई भाडा दर केहि हदसम्म सुपथ हुने र निगमको सेवा प्रभावकारी भई उपभोक्ता हित संरक्षण हुने विश्वास रहेको छ । यसबाट आफ्नो राष्ट्रि«य र सामाजिक उत्तरदायित्व समेत निर्वाह हुने कुरामा निगम विश्वस्त छ ।

प्रतिक्रिया दिनुहोस्