Logo

नेपाल कालोधन राख्नेको ६८ औं स्थानमा, वार्षिक साढे ७५ अर्व रुपैयाँ विदेशिदै

नेपाल कालोधन राख्नेको ६८ औं स्थानमा, वार्षिक साढे ७५ अर्व रुपैयाँ विदेशिदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

नेपालबाट वार्षिक औषत ७ सय ५४ विलिन डलर अर्थात ७५ अर्ब ४० करोड रुपैयाँ कालोधनको रुपमा विदेशिदै आएको छ ।

ग्लोबल फाइनान्सियल इन्ट्रीग्रीटी (जीआईएफ) सन् २००३ देखि २०१२ सम्मको अवधिमा गरेको सर्वेक्षण प्रतिवेदन अनुसार नेपालबाट सो रकम कालोधन मार्फत विदेशिदै आएको हो ।

भ्रष्टाचार, करछली, लविविध अपराधलगायत जस्ता क्रियाकलापबाट कमाएको कालोधन यसरी बाहिरिएको अमेरिकाको वासिंगटन डीसीस्थित जीआईएफको प्रतिवेदनमा उल्लेख छ ।

उक्त तथ्याङकलाई आधार मान्दा नेपालबाट दैनिक २० करोड ६५ लाख रुपैयाँ कालोधन मार्फत विदेशीरहेको छ । जीआइएफले कालोधन राख्ने विभिन्न १ सय ४५ देशको अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरेको थियो । उक्त प्रतिवेदन अनुसार नेपाल कालोधन राख्जेको ६८ औं स्थानमा रहेको छ ।

नेपालमा सवै कुरा बैंकिङ प्रणालीमा अनाउँदा विभिन्न च्यानलबाट पैसा विदेशिरहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता मनमोहन कुमार श्रेष्ठ बताउँछन् । ‘हाल हुण्डी लगायत विभिन्न गैर बैंकिङ च्यानलबाट पैसा ओसारपसार गर्ने काम भइरहेको छ,’ उनले भने, । साथै, केही त्यस्ता व्यक्तिहरुले  नाजायज फाइदा उठाएर  विदेशमा लगेर कालोधन राखेको हुन सक्ने राष्ट्र बैंकको भनाइ छ । सवै कुरा बैंकिङ प्रणालीमा आएपछि सो क्रम समेत घट्ने श्रेष्ठले जानकारी दिए ।

यस्तै, विश्वमा कालोधन राख्नेको अग्रपंतीमा भने चीन र भारत देखिएको छ । ग्लोवल फाइनान्सियल इन्ट्रीग्रीटी (जीआईएफ) ले गरेको एक अध्ययन अनुसार यी दुई देश अगाडी देखिएका हुन् ।

उक्त अध्ययन अनुसार कालोधन राख्नेमा चीन सबैभन्दा अगाडी रहेको छ । उसले सन् २००३ देखि २०१३ सम्मको १० वर्षको अवधिमा १ हजार २ सय ५२ विलियन डलर कालोधन राखेको छ ।

यसैगरी भातर चौथौं स्थानमा रहेको छ । उसले सो अवधिमा ४ सय ३९ दशमलव ५९ विलियन डलर कालोधन राखेको छ । कालोधन राख्नेको दोस्रो र तेस्रो सुचीमा रसिया र मेक्सिको रहेको छ । ती देशले क्रमशः ९ सय ७३ विलियिन डलर र ५ सय १४ विलियिन डलर कालोधन राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL