Logo

महालेखाको ६० औं प्रतिवेदन : पौने ६ खर्ब पुग्यो बेरुजु, एक बर्षमै थपियो १ खर्ब १९ अर्ब

महालेखाको ६० औं प्रतिवेदन : पौने ६ खर्ब पुग्यो बेरुजु, एक बर्षमै थपियो १ खर्ब १९ अर्ब



काठमाडौं । सरकारको कुल बेरुजु पौने ६ खर्ब माथि पुगेको छ । महालेखापरिक्षकको कार्यालयले बिहीबार ६० औं प्रतिवेदनको सारांश सार्वजनिक गर्दै बेरुजु रकम यो बर्ष बढेर ५ खर्ब ८७ अर्ब ३३ करोड रुपैयाँ पुगेको जानकारी दिएको हो ।

गत बर्षसम्म यस्तो बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड रुपैयाँ थियो । यो बर्ष गत बर्षको उक्त बेरुजूबाट जम्मा १६ अर्ब ३ करोड रुपैयाँ मात्रै फर्छ्यौट गरिएको प्रतिवेदनमा उल्लेख छ । महालेखा परिक्षकको कार्यालयका अनुसार यो बर्ष मात्रै पुनः १ खर्ब १९ अर्ब ७७ करोड रुपैयाँ बेरुजू रकम थपिएको छ ।

यस्तै प्रतिवेदनअनुसार यो बर्ष अद्यावधिक कारबाही गरी टुंगो लगाउनुपर्ने रकम ९ खर्ब ५९ अर्ब ७९ करोड पुगेको छ । गत बर्ष यस्तो रकम ८ खर्ब २९ अर्ब १५ करोड रुपैयाँ थियो ।

महालेखा परिक्षकले आव २०७८÷७९ को प्रतिवेदन सार्वजनिक गर्दै यो बर्ष संघीय तथा प्रदेश सरकारी निकाय, स्थानीय तह, सांगठनिक संस्था, समिति र अनय संस्थाहरुसमेत गरी ७१ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL