Logo

टेस्ला कारपछि अब बियर बेच्दै एलोन मस्क, मूल्य बन्यो चर्चाको विषय

टेस्ला कारपछि अब बियर बेच्दै एलोन मस्क, मूल्य बन्यो चर्चाको विषय



काठमाडौं । टेस्ला कार, स्पेसएक्स, ट्विटर जस्ता कम्पनीका मालिक एलोन मस्कले नयाँ व्यवसाय सुरु गर्दैछन् । आफ्ना विभिन्न निर्णयका कारण बारम्बार चर्चामा रहने विश्वका दोस्रो धनी उद्योगपति एलोन मस्कले अब बियर बेच्न लागेका हुन् । हालै उनले आफ्नो नयाँ व्यवसाय सार्वजनिक गरेका छन् । एलोन मस्कको कम्पनी टेस्लाले बियर सार्वजनिक गरेको छ । यो बियरलाई ‘गिगाबियर’ नाम दिइएको छ ।

एलोन मस्क विश्वका दोस्रो धनी उद्योगपति हुन् । १८७ अर्ब डलरसहित उनी विश्वका अर्बपतिको सूचीमा दोस्रो स्थानमा छन् । मस्कले लगातार आफ्नो व्यवसाय विस्तार गर्दै छन् । अहिले उनको सबैभन्दा ठूलो कम्पनी टेस्लाले पनि बियर व्यवसायमा हात हालेको छ । यस बारे जानकारी टेस्ला यूरोपको आधिकारिक ट्विटर ह्यान्डलमा ट्वीट गरिएको छ । यद्यपि यो बियरको बोतलको मूल्य मानिसहरुका लागि चर्चाको विषय बनेको छ ।

एलोन मस्कको कम्पनीको बियर पनि सामान्य छैन । यस गिगाबियरको मूल्य करीब १३ हजार रुपैयाँ राखिएको छ । विशेष कुरा के छ भने यो बियरमा मदिराको मात्रा ५ प्रतिशत मात्रै राखिएको छ । बियर तीन बोतलको प्याकमा आउँछ । प्रत्येक बियरको बोतल ३३० एमएलको हुन्छ ।

यो नयाँ व्यवसाय एलोन मस्कको डेढ वर्ष अघि घोषणा गरिएको थियो । यो बियर जर्मनीमा उत्पादन हुनेछ । जुन बेल्जियम, चेक रिपब्लिक, डेनमार्क, जर्मनी, स्पेन, फ्रान्स, आयरल्याण्ड, इटाली, लक्जमबर्ग, नेदरल्याण्ड, नर्वे, अस्ट्रिया, पोर्चुगल, स्विजरल्याण्ड, स्वीडेन र बेलायतमा बिक्री हुनेछ । जर्मनीमा एक कार्यक्रममा उनले गिगाबियर’ को घोषणा गरे ।

यद्यपि एलोन मस्कले नयाँ काम गरिरहेको यो पहिलोपटक भने होइन । यसअघि उनी अत्तर बजारमा उत्रिएका थिए । उनले आफ्नो परफ्युम ब्रान्ड ‘बन्र्ट हेयर’को घोषणा गर्दै अत्तर उद्योगमा प्रवेश गरेका थिए जुन निकै सफल साबित भयो । अत्तरको बोतलको मूल्य १०० डलर राखिएको थियो । अनुवाद

प्रतिक्रिया दिनुहोस्