Logo

१७ अंकले उकालो लाग्यो नेप्से, १ अर्ब ३८ करोडको कारोबार

१७ अंकले उकालो लाग्यो नेप्से, १ अर्ब ३८ करोडको कारोबार



काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ दिनभर उत्तारचढाव भईरहेको नेप्से परिसुचक अन्तिम समयमा १७.७० अंकले बढ्दै १९ सय ६ को विन्दुमा पुगेको हो ।

आज दिनभर २ सय ६१ कम्पनीका ४३ लाख ८ हजार बढी कित्ता किनबेच हुँदा कारोबार रकम १ अर्ब ३८ करोड २७ लाख ६७ हजार रुपैयाँ पुगेको छ । आज१ सय ६७ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ४४ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ । आज ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा नेशनल माईक्रोफाईनान्स लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL