Logo

एनआइसी एसियाको सिइओमा रिसाल, बैंकिङ क्षेत्रमा झण्डै ३ दशकको अनुभव

एनआइसी एसियाको सिइओमा रिसाल, बैंकिङ क्षेत्रमा झण्डै ३ दशकको अनुभव


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआइसी एसिया बैंकको कार्यकारी अधिकृतमा लक्ष्मण रिसाल नियुक्त भएका छन् । बैंकको रिक्त रहेको सो पदमा झन्डै एक बर्षपछि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । ११ महिनाअघि शशिन जोशीले बैंक छाडेपछि एनआइसी एसियामा प्रमुख कार्यकारी अधिकृत पद रिक्त थियो ।

जोशीले छाडेपछि गत जेठको अन्तिमबाट रिसालले कामु प्रमुख कार्यकारी अधिकृतको पद सम्हालेका थिए । एनआइसी एसियाले रिक्त पदमा तीन महिनाभित्र नियुक्ति दिइसक्नु पर्ने राष्ट्र बैंकको निर्देशनलाई समेत अटेर गर्दै आएको थियो ।

सिालको बैंकिङ क्षेत्रमा २६ बर्षको अनुभव छ । त्यस्तै उनीसँग रिसालसँग बिमा क्षेत्रमा समेत काम गरेको अनुभव छ । रिसाल प्राइम लाइफ स्नस्योरेन्स कम्पनीमा प्रमुख सञ्चालक अधिकृत थिए । त्यहाँ एक बर्षजति काम गरेपछि उनी तत्कालिन बैंक अफ एसिया नेपाल (अहिले मर्ज भएर एनआइसी एसिया) महाप्रबन्धक भए ।

प्रतिक्रिया दिनुहोस्
MBL