Logo

अन्यौलमा राष्ट्रिय वाणिज्य बैंकको साधारण सेयर निष्काशन

अन्यौलमा राष्ट्रिय वाणिज्य बैंकको साधारण सेयर निष्काशन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणका लागि सेयर जारी गर्ने भनेपनि हालसम्म अन्यौलमै रहेको छ । बैंकले चालू आर्थिक वर्षको शुरुमै सर्वसाधारणका लागि सेयर जारी गर्ने भने पनि हालसम्मै कुनै टुङ्गो नलागेको बैंक स्रोतले जानकारी दिएको छ । ‘हाल सर्वसाधारणलाई सेयर दिने वा नदिने भन्ने विषयमा वहश भैरहेको छ,’ बैंकका एक उच्च अधिकारीले भने, ‘जारी हुन्छ वा हुँदैन कुनै टुङ्गो छैन ।’

विभिन्न समिति तथा अर्थ मन्त्रालयले सरकारी स्तरमा एउटा बैंक राख्नुपर्ने बताएपछि सर्वसाधारणका लागि सेयर जारी गर्ने विषय अन्यौलमा परेको हो । हाल सरकारी स्तरका नेपाल बैंक र कृषि विकास बैंकले सर्वसाधारणका लागि सेयर जारी गरे पनि राष्ट्रिय वाणिज्य बैंकमा भने सरकारको मात्र लगानी रहेको छ । साधारण सेयर निष्काशनका लागि बैंकले गत आर्थिक वर्षमै अर्थ मन्त्रालयसँग सहमति मागिसकेको थियो ।

बैंकले आफ्नो स्वर्ण जयन्तीको अवसरमा सर्वसाधारणका लागि ३० प्रतिशत सेयर जारी गर्ने धोषणा गरेको थियो । तर, सरकारी स्तरबाटै त्यसको विरोध भएपछि हाल अन्यौलमा परेको छ । तसर्थ वैंकले सर्वसाधारणमा सेयर जारी नगर्ने सम्भावना बढी रहेको बैंक स्रोतको भनाइ छ ।

तत्कालिन अवस्थामा बैंकले सर्वसाधारणका लागि सेयर निष्काशन गर्न तयारी थालेको थियो । तर, सम्बन्धित निकायबाटै स्वीकृति नआएकाले हालसम्म कुनै प्रक्रिया अघि बढेको छैन । सेयर निष्काशनका लागि कुनै प्रक्रिया अघि नबढेको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए । हाल सम्म पनि सो विषय छलफलमै रहेको उनले बताए ।

बैंकले त्यतिवेला हाल रहेका चुक्ता पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने बताएको थियो । त्यसरी सेयर जारी गर्दा सर्वसाधारका लागि २ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको सेयर जारी हुन्थ्यो । हाल बैंकको चुक्ता पूँजी ८ अर्व ५८ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL