Logo

गृहले मानेन प्राधिकरणको तोक, जलविद्युत आयोजनामा विदेशी कामदार ल्याउन झण्झट

गृहले मानेन प्राधिकरणको तोक, जलविद्युत आयोजनामा विदेशी कामदार ल्याउन झण्झट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गृह मन्त्रालयले नेपाल विद्युत प्राधिकरणको तोकमा विदेशी कामदार ल्याउन स्वीकृति नदिदाँ निर्माणाधिन जलविद्युत आयोजना विदेशी कामदार ल्याउन समस्या पर्ने भएको छ । हाल प्राधिकरणको तोकमा विदेशी कामदारलाई भिसा ल्याउन सहमति दिँदै आएकोमा आगामी दिनमा सम्बन्धित मन्त्रालयको सिफारिस चाहिने बताएको छ ।

यस अघि गृह मन्त्रालयले नेपाल विद्युत प्राधिकरणको सिफारिसमा विदेशी कामदारलाई भिसा दिँदै आएको थियो । तर, उक्त व्यवस्था परिवर्तन गरी आगामी दिनमा ऊर्जा मन्त्रालयको सिफारिसमा मात्र भिसा दिने जानकारी गराएको छ । सो सम्बन्धमा गृहले भर्खरै मात्र ऊर्जा मन्त्रालय र प्राधिकरणलाई परिपत्र जारी गरेको छ ।

जस अनुसार आगामी दिनमा जलविद्युत आयोजनामा विदेशी कामदार ल्याउन ऊर्जा मन्त्रालयको सिफारिस पछि मात्र गृहले भिसा प्रक्रिया शुरु गर्ने भएको भएको छ । प्रधिकरणको सिफारिस हटाएर ऊर्जा मन्त्रालयको राख्दा प्रक्रिया लामो हुने प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिए । ‘हाल प्राधिकरणको मात्र सिफारिस हुँदा त गृहबाट भिसा लिएर श्रम विभागबाट श्रम स्वीकृति लिनका लागि एकदमै कठिन भइरहेको छ,’ ती अधिकारीले भने, ‘अव प्राधिकरणबाट ऊर्जा मन्त्रायलहुँदै भिसाका लागि सिफारिस गर्नुपर्ने भएपछि झन प्रक्रिया झण्झटिलो हुने छ ।’

हाल निर्माणधिन आयोजनामा विशेषगरी विदेशी कामदार नै रहेका छन् । विदेशी ठेकेदार कम्पनीले आयोजना सम्झौता गर्दा नै आफ्नो देशको कामदारलाई ल्याउने उल्लेख गरेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL