Logo

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको आजबाट एकीकृत कारोबार शुरु, सिद्धार्थ प्रिमियरको नामबाट कारोबार

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको आजबाट एकीकृत कारोबार शुरु, सिद्धार्थ प्रिमियरको नामबाट कारोबार



काठमाडौं । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स आजबाट ए एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै कम्पनी एक आपसमा गाभिएपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् ।

बुधबारबाट एकीकृत कारोबार सुरु हुने भएकोले गर्दा दुवै कम्पनीको कारोबार रोक्का भएको छ । यसैगरी, सिद्धार्थ र प्रिमियर इन्सुरेन्स कम्पनीको पुस २९ गते बसेको साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरिसकेको छ ।

बिमा प्रधिकरणले माघ १७ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको हो ।

मर्ज हुनका लागि बिमा प्राधिकरणले सिद्धार्थ र प्रिमियरलाई (१ः१) सेयर अनुपातमा स्वीकृति दिए सँगै दुई कम्पनीको मर्जर प्रकृया अघि बढेको हो ।
यता, हाल सिद्धार्थको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ छ र प्रिमियर इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब २२ करोड रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL