Logo

४ घण्टाभित्र ग्राहकको समस्या समाधान नगरे दूरसंचार सेवाप्रदायकलाई कारबाही, यस्तो छ विनियमावली

४ घण्टाभित्र ग्राहकको समस्या समाधान नगरे दूरसंचार सेवाप्रदायकलाई कारबाही, यस्तो छ विनियमावली



काठमाडौं । अब इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले सेवाप्रदायकले अनुरोध गरेको ४ घण्टाभित्र समस्याको समाधान गर्नुपर्ने भएको छ । नेपाल दूरसंचार प्राधिकरणले दूरसंचार सेवाको गुणस्तरसम्बन्धी विनियमावली २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

प्राधिकरणका अनुसार कुनै कारणबस इन्टरनेटलगायत दूरसंचार सेवा प्रभावित भएको ४ घण्टाभित्रमा समस्याको ९० प्रतिशत समाधान गरिसक्नुपर्ने भएको हो । हाल धेरैजसो दूरसंचार सेवाप्रदायकहरु ग्राहकको समस्या समाधान गर्न त्यति चासो दिँदैनन् । एकपटक जडान गरीसकेपछि त्यसको मर्मतसम्भारमा कम्पनीबाट उचित चासो नभएपछि यसको विनियमावली नै बनाएर नियमन गर्न लागिएको प्राधिकरणका एक अधिकारीले बताए ।

उक्त विनियमावली अनुसार अब कुनै सेवाप्रदायकको सेवामा आएको समस्या ४ घण्टामो ९० प्रतिशत २४ घण्टामा ९५ प्रतिशत र ४८ घण्टामा शतप्रतिशत सेवा सूचारु गर्नुपर्ने भएको हो । यस्तै ग्रामिण भेगमा भने यसको समयलाई केहि बढाईएको छ । भौगोलिक विकटता र सम्बन्धीत स्थानसम्म मर्मतकर्तालाई पुग्न लाग्ने समयको ख्याल गर्दै प्राधिकरणले विनियमावलीमार्फत २४ घण्टाभित्र ९० प्रतिशत मर्मत गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

यस्तै विनियमावलीमार्फत दूरसंचार सेवाका अन्य गुणस्तरहरुको पनि क्याप तोकिएको छ । प्राधिकरणले जारी गरेको विनियमावलीमा इन्टरनेट सेवाप्रदायकको इन्टरनेट सेवाको गुणस्तर, टेलिफोन सेवाको गुणस्तर, एसएमएस सेवाको गुणस्तरलगायत पनि तोकिएको हो । जसमध्ये अब इन्टरनेट सेवाप्रदायकले १ सय एमबीपीएसको इन्टरनेट प्याकेज लिएको भए नेटवर्क व्यस्त भएको समयमा पनि कम्तीमा २५ एमबीपीएस डाटा उपलब्ध हुनुपर्ने व्यवस्था पनि थपिएको छ । यी सबै गुणस्तरहरुको मापन प्राधिकरणले दैनिक, साप्ताहिक र मासिक रुपमा गर्ने र तोकिए बमोजिम नभए कारबाही हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL