Logo

एनसेलले तिर्यो रु.९ अर्व ९६ करोड ९५ लाख कर

एनसेलले तिर्यो रु.९ अर्व ९६ करोड ९५ लाख कर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मोवाइल सेवा प्रदायक एनसेलले अन्तत सरकारलाई कर तिरेको छ । एनसेलले आइतवार सरकारलाई पुँजीगत लाभकर वापत ९ अर्व ९६ करोड ९५ लाख कर तिरेको ठूला करदाता  कार्यलयले  जानकारी दिएको छ ।

टेलियासोनेरा र नेदरल्याण्ड्सको एसइए टेलिकमसँग एनसेलको ८० प्रतिशत स्वामित्व मलेसियाको एक्जियटाले खरिद गरेको थियो । एक्जियटाले १ अर्व ३६ करोड डलरमा स्वामित्व खरिद गरेको हो ।

कम्पनीले नेपालको कारोवार करको दायरभित्र नपर्ने भन्दै कर तिर्न अटेर गर्दै आएको थियो । एनसेलको ८० प्रतिशत सेयर डेढ खर्बमा विक्री हुँदा नेपालले २५ प्रतिशत कर पाउनुपर्ने थियो ।

यो कारोबारमा एनसेलले खरिदको आय विवरण तथा १५ प्रतिशत स्रोतमा कर कट्टी गरेर कर कार्यालयलाई बुझाउनु पर्ने आइतवार अन्तिम दिन थियो ।

यसअघि २० प्रतिशत सेयर सुनिभेरा क्यापिटलकी एकल लगानीकर्ता भावनासिंह श्रेष्ठलाई बिक्री गरेका निरजगोविन्द श्रेष्ठले लाभकरवापत दुई अर्व ८३ करोड रुपैयाँ कर बुझाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL