Logo

ग्लोबल आइएमई बैंकको ऋणपत्र १४ गतेसम्म विक्रीमा रहने, ११ दशमलव २५ प्रतिशत ब्याजदर

ग्लोबल आइएमई बैंकको ऋणपत्र १४ गतेसम्म विक्रीमा रहने, ११ दशमलव २५ प्रतिशत ब्याजदर



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले माघ २९ गतेदेखि निष्कासन गरेको ऋणपत्र छिटो अवधिभित्र नविकेपछि ढिलो अवधिसम्म विक्री गरिने भएको छ । बैंकले वार्षिक ११ दशमलव २५ प्रतिशत ब्याजदर रहेको ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४÷८५’ छिटो अवधि फागुन ३ गतेसम्मका लागि निष्काशन गरेकोे थियो । सो अवधिभित्र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि फागुन १४ गतेसम्मको मिति तय गरिएको हो ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । कुल कित्तामध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बिक्री गरिने बैंकको भनाई छ । सर्वसाधारणलाई छुट्याएको मध्येबाट ७० हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरी बाँकी रहेको ३० हजार कित्ता समेत जोडेर सर्वसाधारणमा १९ लाख ३० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमा ल्याईएको हो ।

यो ऋणपत्र खरीदका लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

साथै मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्था छ । ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई न्यून कर्जा जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने जानकारी बैंकले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्