Logo

ब्याजदर घटाउन नसकिने बताउँदै बैंकर्स संघले भन्यो–एकल विन्दुमा ब्याजदर झर्ने सम्भावना छैन

ब्याजदर घटाउन नसकिने बताउँदै बैंकर्स संघले भन्यो–एकल विन्दुमा ब्याजदर झर्ने सम्भावना छैन



काठमाडौं । नेपाल बैंकर्स संघले चाँडै बैंकको ब्याजदर नघट्ने संकेत गरेको छ । पछिल्लो समय बैंकको ब्याजदर घटाउन निजी क्षेत्रसँगै सबै लागिपरेपनि सोचेअनुसार ब्याजदर घटाउने पक्षमा नेपाल बैंकर्स संघ छैन ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले हालै बैंकको ब्याजदर घटे पुनः अर्थतन्त्र डामाडोल हुने बताएका हुन् ।

उनका अनुसार बैंक ब्याजदर बढी भएकै कारण हाल अनावश्यक वस्तुको आयातमा नियन्त्रण भएको छ । नभए पुरानै अवस्था दोहोरिनेछ । ‘बैंकको ब्याजदर यत्तिकै अवस्थानमा घटाईयो भने पुनः आयात उच्च हुनेछ र अर्थतन्त्रमा झ झमेला थपिनेछ,’ उनले भने, ‘अझै केहि महिना बैंक ब्याजदर एक विन्दुमा पुर्याउन सकिने अवस्था छैन ।’

प्रतिक्रिया दिनुहोस्
MBL