काठमाडौं । फागुन महिनामा विकास बैंकहरू निक्षेपको ब्याजदर घटाउने भएका छन् । विकास बैंकहरुको छाता संस्था डेभलपमेन्ट बैंकर्स एशोशियसन (डिबान) को शुक्रबार बसेको बैठकले फागुनमा निक्षेपको ब्याजदर ०.२५ प्रतिशतले घटाउन लागेका हुन् ।
विकास बैंकहरुले अब फागुनदेखि व्यक्तिगततर्फ अधिकतमा ११.७५ प्रतिशत, संस्थागतर्फ ९.७५ प्रतिशत ब्याज दिने निर्णय गरेका छन् । रेमिट्यान्स खातामा भने १२.७५ प्रतिशत ब्याजदर दिने छन् ।
अहिले वाणिज्य बैंकहरुले ब्यक्तिगत मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिँदै आएका छन् । वाणिज्य बैंकहरुले भने फागुनमा पनि माघ महिनाकै ब्याजदर कायम राख्ने निर्णय गरिसकेका छन् ।