Logo

मोवाइल नम्वर पोर्टाविलीटी कार्यविधि तयार गर्न ४ कम्पनी छनौट

मोवाइल नम्वर पोर्टाविलीटी कार्यविधि तयार गर्न ४ कम्पनी छनौट


रक्षा रेग्मी
0
Shares

काठमाडौं । मोवाइल नम्वर पोर्टाबिलीटी (एमएनपी) को कार्यविधि तयार तथा अध्ययनका लागि ४ कम्पनी छनौट भएका छन् । सो कार्यका लागि पहिलो चरणमा ४ वटा अन्तरराष्ट्रिय कम्पनी छनौट गरिएको नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

उनका अनुसार छनौट भएका कम्पनीमा भारतको अर्नस्ट एण्ड योंग एलएलपी, नेदरल्याण्ड्सको रविन कन्सल्टेन्सी विभी, स्पेनको निरियो कन्सल्टिङ एसएल स्पेन र बेलायतको लाउरेसिया एसोसिएट्स कम्युनिकेशन रहेका छन् ।

अर्यालका अनुसार कार्यविधि तयार गर्नका लागि पाँच कम्पनीले आवेदन दिएका दिए । जसमध्ये एउटा स्वदेशी कम्पनी थियो । तर, स्वदेशी कम्पनी कास ट्रेडिङ हाउस कन्सल्टेन्सीलाई एमएनपी कार्यविधि तयार गर्न अयोग्य भएको भन्दै प्राधिकरणले छनौट गरेन ।

प्राधिकरणले छनौटमा परेका ती कम्पनीहरुलाई रिक्वेष्ट फर प्रपोजल (आरएफपी) पठाउन सूचना जारी गरिसकेको छ । कम्पनीले ४५ दिनभित्र आरएफपी पठाउन म्याद तोकेको छ । जसअनुसार प्राधिकरणले कम्पनीको प्राविधिक र आर्थिक प्रस्तावमार्फत एउटा कम्पनी छनौट गर्ने छ । रिपोर्ट बुझाएको ४ महिनाभित्र फाइनल रिपोर्ट मगाइने छ भने त्यसपछी अध्ययनको काम शुरु गरिने उनले जानकारी दिए । ‘परामर्शदाता नियुक्त गरेको ६ महिनाभित्र गाइडलाइन तयार गरिने छ,’ अर्यालले भने, ‘त्यसपछि कार्यान्वयनको चरणमा जान छलफल हुन्छ ।’

उनका अनुसार एमएनपीको गाइडलाइनमा नम्बर कसरी बनाउने, नेटवर्क कसरी गर्ने, सेवा प्रदायकको पूर्वाधार कस्तो हुने लगायत विषय समावेश हुने छन् । एमएनपी लागु गरेपछी सेवाप्रदायकबीच सुविधा बढाउन प्रतिस्पर्धा हुने भएकोले त्यसको फाइदा उपभोक्ताले पाउने उनले बताए । प्राधिकरणले यसअघि एमएनपी लागु गर्न राष्ट्रिय कम्पनीका लागि छुट्टै आवेदन खुलाएको थियो । १ दर्जन भन्दा बढी कम्पनीको आवेदन परेकोमा कुनै पनि योग्य नभएकोले विदेशी कम्पनीका लागि पुःन आवेदन खुलाइएको अर्यालले बताए ।

पछिल्लो समय मोबाइल सेवा प्रदायकका साथै सेवाग्राहीको संख्या बार्षिक रुपमा बढ्दै गएपछि त्यसको उचित व्यवस्थानपनका लागि नयाँ व्यवस्था लागू गर्न लागिएको बताइएको छ । प्राधिकरणले शुरुमा जिएसएम सेवाका लागि एमएनपी लागू गराउने गृहकार्य थालेको हो । ‘पहिलो चरणमा जिएसएम र त्यसपछि अन्य सेवामा यो लागू गर्ने योजना रहेको छ,’ उनले भने ।

के हो मोवाइल नम्वर पोर्टाविलीटी ?
मोवाइल पोर्टाविलीटीमा आफुले प्रयोग गरिरहेको कम्पनीको नेटवर्क मूल्य वा गुणस्तर कमजोर भएमा वा सो प्रदायकको सेवा मन नपरेको अवस्थामा उपभोक्ताले सोही नम्बरबाट अर्को कम्पनीको सेवा लिन पाउँछन् ।

त्यस्तै कुनै ठाउँमा आफुले सेवा लिएको दूरसञ्चार कम्पनीको सेवा उपलब्ध छैन भने पनि उपभोक्तालाई समस्या पर्दैन किनकि उनीहरुले आफ्नै मोबाइल नम्बरमा त्यहाँ उपलब्ध नेटवर्कमार्पmत सेवा लिन सक्नेछन् ।

नेपालमा मोवाइल पोर्टाविलीटीकोे चर्चा गत बर्षदेखि चर्चा चलेपनी विभिन्न प्राविधिक कारणले सञ्चालनमा आउन सकेको थिएन । मोवाइल सेवा प्रदायकहरुको ग्राहकको संख्या सन्तुलित नहुँदा एमएनपी सञ्चालनमा आउन नसकेको हो । हाल विश्वका ७५ भन्दा बढी मुलुकमा यो सुविधा छ ।

प्रतिक्रिया दिनुहोस्