Logo

भुकम्प प्रभावित जिल्लामा इन्टरनेट पुर्याउने प्रक्रिया शुरु, सेवाप्रदायकसँग आशयपत्र माग

भुकम्प प्रभावित जिल्लामा इन्टरनेट पुर्याउने प्रक्रिया शुरु, सेवाप्रदायकसँग आशयपत्र माग


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले भुकम्प प्रभावित जिल्लामा ब्रोडव्याण्ड सेवा पुर्याउन इच्छुक कम्पनीहरुको आशयपत्र माग गरेको छ । प्राधिकरणले सुचना जारी गर्दै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको आशयपत्र माग गरेको हो ।

गत बर्षको बैशाख १२ मा गएको भुकम्बाट बढी प्रभाव परेका गोरखा,धादिङ, नुवाकोट,रसुवा, सिन्धुपाल्चोक, काभ्रेलगायत १५ जिल्लामा इन्टरनेट सेवा पुर्याउने उद्देश्य अनुरुप प्राधिकरणले आशयपत्र मागेको हो। प्राधिकरणले भुकम्प प्रभावित जिल्लाका सामुदायिक विद्यालय, स्वास्थ्य चौकी गाविस कार्यलय,हुलाकलगायतमा इन्टरनेट सेवा पुर्याउन लागेको हो ।

आशयपत्र प्राप्त भएसँगै इन्टरनेट सेवा प्रदायक (आइएसपी) को छनौट गर्ने प्राधिकरणका सह प्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए । प्राधिकरणले विगत ३ बर्षदेखि ग्रामिण दुरसञ्चार विकास कोषमा २ प्रतिशत जम्मा गरेको कम्पनीलाई प्राथमिकता दिन्छ । साथै प्राधिकणका अनुसार सेवा दिन चाहने कम्पनीले अनिवार्य रुपमा आइएसपी लाइसेन्स लिएको तथा १० जिल्लामा सेवा दिइरहेका हुनुपर्ने बताइएको छ ।

मिश्रका अनुसार भुकम्प प्रभावित जिल्लामा इन्टरनेट सेवा पुर्याउन आवेदन दिनेमध्ये ६ ओटा प्रदायक छनौट गरिने छ । प्राधिकरणले इन्टरनेट जडानखर्च आफै बेहोर्ने छ । त्यस्तै केही दिनको सञ्चालन खर्च समेत प्राधिकरणले बेहोर्ने मिश्रले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्
MBL