Logo

अख्तियारद्वारा साझाका अध्यक्ष दीक्षित पक्राउ, हिरासतमा राखेर छानविन शुरु

अख्तियारद्वारा साझाका अध्यक्ष दीक्षित पक्राउ, हिरासतमा राखेर छानविन शुरु


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले साझा यातायात सहकारीका अध्यक्ष कनकमणि दीक्षितलाई पक्राउ गरेको छ । आज (शुक्रबार) दिउसो उनलाई पाटन स्थित एक क्याफेबाट पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ ।

सार्वजनिक संस्थामा रहेर सम्पतिको स्रोत नबुझाएको भन्दै अख्तियारले उनलाई ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो । अख्तियारले सो रकम तिर्नका साथै सम्पतीको विवरण बुझाउन ताकेता गर्दै आएको थियो । अख्तियारको निर्देशनलाई अटेर गरेपछि कानुन बमोजिम हिरासतमा राखेर छानविन शुरु गरिएको अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले बताए ।

पुष्करका अनुसार अख्तियारको पटक–पटकको निर्देशन पछि दीक्षितले सम्पतिको वितरण बुझाएका थिए । तर, उनले बुझाएको विवरण र उजुरी परेको विवरण तथा अख्तियारले छानविन गरेको स्रोत नमिलेपछि हिरासतमै लिएर कारवाही प्रक्रिया अघि बढाउनु परेको उनले जानकारी दिए । ‘उनले बुझाएको विवरण र अख्तियारले छानविन गरेको विवरणमा धेरै नै फरक देखिएको छ,’ उनले भने ।

दीक्षितको स्वदेश तथा विदेशमा रहेको चल–अचल सम्पतीको वारेमा छानविन भइरहेको छ । छानविन अवधिसम्मका लागि उनलाई हिरासतमै राखिने भएको छ ।

ख्तियारको छानविनको क्रममा दीक्षितले ठूलो परिमाणमा गैरकानुनी सम्पती आर्जन गरेको भेटिन आएको समेत अख्तियारले जानकारी दिएको छ । सो विषयमा वितृत छानविन पछिमात्र यथार्थ विवरण आउने पुष्करले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL