Logo

टेलिकमले ल्यायो नयाँ कार्ययोजना, रिचार्जका लागि क्रेडिट कार्ड र निशुल्क सिम

टेलिकमले ल्यायो नयाँ कार्ययोजना, रिचार्जका लागि क्रेडिट कार्ड र निशुल्क सिम


बिजखबर संवाददाता
0
Shares

नेपाल टेलिकमले कम्पनी सुधारका लागि नयाँ रणनीतिक कार्ययोजना ल्याएको छ । कम्पनीलाई प्रतिस्पर्धी बनाई सशक्त रुपमा अघि बढाउने उद्देश्य अनुरुप नयाँ कार्ययोजना ल्याइएको टेलिकमा प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले बताए ।

उनका अनुसार टेलिकमको गुणस्तर सुधार तथा सेवा विस्तार गर्ने कार्यलाई समयसिमा भित्रै सक्ने उद्देश्य अनुरुप कार्ययोजना ल्याइएको हो । जस अन्तरगत आगामी ४ महिना भित्र काठमाडौं उपत्यका र उपमहानगर पालिकामा फोर जी सेवा पुर्याइने छ भने चीनसँगको क्रस बोर्डर कनेक्टीभिटीलाई यही जेठ महिना भित्रै संचालनमा ल्याइने भएको छ । ‘टेलिकमले केरुङ नाकाबाट अप्टिकल फाइवर बिच्छ्याएर चीनसँग कनेक्टीभिटी जोड्ने कार्य अन्तिम चरणमा पुर्याएको छ,’ उनले भने, ‘उक्त कार्य सम्पन्न भएसँगै कनेक्टीभिटीमा भारतसँगको मात्र निर्भरता हट्ने छ ।’

यसैगरी, टेकिमले वैदेशिक रोजगारीमा गएका कामदारको परिवारलाई १/१ वटा सिमकार्ड निशुल्क दिने भएको छ । कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व तथा सेवा विस्तार गर्ने उद्देश्य अनुरुप सो कार्य गर्न लागेको आचार्यले जानकारी दिए ।

टेकिमले रिचार्जको लागि क्रेडिट कार्ड ल्याउने भएको छ । हाल रिचार्जकार्ड तथा विभिन्न बैंकको माध्यमबाट रिचार्ज गर्दै आएकोमा आगामी दिनमा क्रेडिट कार्डनै ल्याउन लागिएको आचार्यले बताए ।

टेलिकमले विदेशी मोवाइल सेवा प्रदायकहरुसँगको सहकार्यमा प्रिफर्ड रोमिङ सेवा शुरु गर्ने भएको छ । हाल डाटा रोमिङलाई प्रभावकारी बनाउने विषयमा अध्ययन गर्न लागिएको समेत टेलिकमले जानकारी दिएको छ । उक्त कार्यलाई २०७३ जेठ मसान्तभित्रै सकि असार मसान्तबाट कार्यान्वयनमा ल्याइने भएको छ । कम्पनीले आगामी असारबाट इन्टरनेट ट्राफिक म्यानेजमेण्ट सिस्टमलाई व्यवसायीकरण गरी कन्टेन्ट वेस डाटा सुविधा प्रदान गर्ने भएको छ भने आगामी आवमा मोवाइल मनि सेवा समेत संचालन गरिने भएको छ । टेलिकमले धेरै जसो सुधारका कामलाई आगामी असार मसान्तभित्रै सक्नेगरी अघि बढाएको छ ।

टेलिकले सुधारका कार्यलाई द्वुत गतिमा अघि बढाएपनि सार्वजनिक खरिद ऐन समयसापेक्ष नुहँदा प्रतिस्पर्धामा जान नसकिएको आचार्यले जानकारी दिए । ‘प्रतिस्पर्धी कम्पनीलाई सोही अनुरुपको ऐन ल्याइनु पर्छ,’ उनले भने, ‘अन्यथा समयमै सेवा सुधार गरी अन्य कम्पनीसँगको प्रतिस्पर्धामा जान कठिन हुने छ ।’

यसैगरी कम्पनीले विभिन्न तहका कर्मचारीको कार्य सम्पादन गर्ने भएको छ । कर्मचारीको कार्यशैली माथी प्रश्न चिन्ह खडा भएपछि कम्पनीले विभिन्न तहबाट कार्यसम्पादन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL