Logo

विद्युत प्राधिकरणलाई दूरसंचार प्राधिकरणको आग्रह : आइएसपीको विद्युत लाइन नकाटिदिनु

विद्युत प्राधिकरणलाई दूरसंचार प्राधिकरणको आग्रह : आइएसपीको विद्युत लाइन नकाटिदिनु



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवाप्रदायकलाई दिएको विद्युत लाइन नकाटिदिन नेपाल विद्युत प्राधिकरणलाई आग्रह गरेको छ । नेपाल विद्युत प्राधिकरणले इन्टरनेट, केवल सेवाप्रदायकले प्राधिकरणको आग्रह अटेर गरेर तार व्यवस्थापन नगरेको भन्दै विद्युत लाइन काटिदिएको थियो ।

जसको विरुद्धमा एक सूचना जारी गर्दै दूरसंचार प्राधिकरणले आज जथाभावी विद्युत प्रवाह नरोकिदिन आग्रह गरेको हो । केहि दूरसञ्चार सेवा प्रदायकहरुको विद्युत लाईन सप्लाई काटीदिँदा राज्यका धेरै स्थानहरुमा इन्टरनेट सेवा अवरुद्ध भई बैंकिङ सेवा, हवाई सेवा लगायतका अत्यावश्यक सेवाहरु अवरुद्ध भएको प्राधिकरणको भनाई छ ।

‘अतः दूरसंचार ऐन, २०५३ अनुसार कसैले पनि यस्तो सेवा प्रवाह अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था छ ्र यसरी दूरसंचार सेवा अवरुद्ध गर्ने कार्य प्रति यस प्राधिकरण गम्भीर दुखस् व्यक्त गर्दछ, प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्यको अति आवश्यक दूरसञ्चार सेवा अवरुद्ध गर्ने जो कोहीलाई कानुनी कारवाही गर्न र यस्ता पूर्वाधारको सुरक्षा गर्न सम्वन्धित सबैलाई अनुरोध गर्दछौ ।’

साथै हरेक समस्याको समाधान वार्ताबाट मात्र हुन सक्ने हुदा सबै पक्ष वसी आपसी छलफलबाट समस्याको समाधान गरी अत्यावश्यक दूरसञ्चार सेवाको निर्वाध उपयोग गर्नेरगराउने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संघलाई प्राधिकरणले आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL