Logo

२ बर्षपछि सगरमाथा आरोहण शुरु, २ सय ८९ले दिए आवेदन

२ बर्षपछि सगरमाथा आरोहण शुरु, २ सय ८९ले दिए आवेदन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । २ बर्षपछि सगरमाथा आरोहण पूनः शूरु भएको छ । प्राकृतिक विपदले लगातार २ बर्ष रोकिएको सगरमाथा आरोहण पून सूचारु भएको हो । सगरमाथा आरोहणका लागि आरोहीहरु काठमाडौंबाट आधार शिविरतर्फ लागिसकेको पर्यटन विभागले जानकारी दिएको छ । विभागका अनुसार अनुसार हालसम्म ३२ टिमका २ सय ५७ जना विदेशी आरोहीहरु आधार शिविर हिँडेको छन् ।

पर्यटन विभागका ज्ञानेन्द्र श्रेष्ठका अनुसार२ सय ८९ले दिए आवेदन गरेका छन् । यसबर्ष सगरमाथा आरोहण गर्नेको संख्या ३ सय नाघ्ने अनुमान गरिएको छ ।

लगातारको प्राकृतिक विपत्तीले आरोहण अनिश्चित बनेपछि यस वर्ष आरोहीको संख्या घटेको छ । २०१४ मा हुदहुदका कारण सगरमाथा आरोहण शून्य भएको थियो । २०१४ मा चिनियाँ नागरिक सहितको ७ जनाको टोली क्याम्प टुसम्म हेलिकप्टरमा गएर शिखर आरोहण गरेका थिए ।

त्यस्तै २०१५ मा सगरमाथा आरोहणका लागि ३सय ५६ जना आरोही आएका थिए । तर, २०१५ मा भूकम्पको पराकम्पन गइरहँदा एक जनापनि शिखर चुम्न सकेनन् ।

यसवर्ष यसै सातादेखि आरोहीहरु सगरमाथा आधार शिविरबाट क्याम्प वानतिर जाने क्रम सुरु हुने बताइएको छ । कतिपय भने आधार शिविर पुगिसकेका छन् ।
सन् १९७४ यता सगरमाथा आरोहण कहिले पनि शून्यमा झरेको थिएन । हाल सगरमाथा प्रदुषण कन्ट्रोल समिति (एसपीसीसी) ले आइसफलको बाटो बनाइरहेको बताइएको छ ।
सगरमाथा आरोहणका लागि विशेषगरी २०१४ र २०१५ मा आरोहण गर्न नसकेका आरोहीहरु आएको पर्यटन बोर्डले जानकारी दिएको छ ।

सरकारले २०१४ मा आरोहण गर्न नसकेका आरोहीलाई ५ वर्षसम्म र २०१५ मा आरोहण गर्न नसकेका आरोहीलाई दुई वर्षसम्म रोयल्टी नलिने घोषणा गरेको छ । सगरमाथा अरोहणका लागि आरोहीले प्रमिशन शुल्क वापत ११ हजार अमेरिकी डलर अर्थात ११ लाखभन्दा बढी रुपैयाँ बुझाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL