Logo

नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा सुदेश खालिङ चयन, कोइराला र देलेले पाए निरन्तरता

नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा सुदेश खालिङ चयन, कोइराला र देलेले पाए निरन्तरता



काठमाडौं । नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा सुदेश खालिङ नियुक्त भएका छन् । मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँजेलीको खाली पदमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङलाई नियुक्त गरिएको हो । मेगा बैंकबाट अनुपमा खुँञ्जेली अवकाश भएपछि उक्त स्थान खाली थियो ।

सदस्यका रुपमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी सन्तोष कोइराला र नेपाल एसबिआइ बैंकका प्रमुख कार्यकारी अधिकृत दीपकुमार देले निरन्तरता पाउने छन्। संघको विधानले सदस्यले एक कार्यकाल दोहोर्याउन पाउने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्