Logo

पब्लिक कम्पनीमा जाँदै भाटभटेनी, शनिबारबाट धरानमा ११ औं शाखा

पब्लिक कम्पनीमा जाँदै भाटभटेनी, शनिबारबाट धरानमा ११ औं शाखा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भाट–भटेनी सुपरस्टोरलाई पब्लिक कम्पनीमा लगिने भएको छ । निजी क्षेत्रबाट संचालित नेपालकै ठूलो चेन डिमार्टमेन्टल स्टोरलाई पब्लिक कम्पनीमा लैजाने तयारी भरहेको भाटभटेनीले जानकारी दिएको छ । नेपालीको आकांक्षा अनुरुप सर्वसाधारणमा सेयर जारी गर्न लागिएको कम्पनीद्वारा विज्ञप्तीमा उल्लेख छ ।

कम्पनीले शनिबारदेखि धरानमा, भाट–भटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरको ११ औ शाखा संचालनमा आउने भएको छ । केही समयअघि मात्र काठमाडौंको त्रिपुरेश्वरमा १० औं शाखा विस्तार गरेको भाटभटेनीले धरानका अर्को शाखा विस्तार गर्न लागेको हो । भाट–भटेनीको उक्त शाखाबाट उद्घाटनको अवसरमा रेडिमेड गार्मेंन्ट लगायत विभिन्नप्रकारका सामानको विक्रीमा १० प्रतिशत तथा विभिन्न ब्रान्डका मदिराहरुमा ५ प्रतिशत छुट दिइने छ ।

धरानको यो शाखा काठमाडौं उपत्यकाबाहिरको दोस्रो शाखा हो । यस अघि काठमाडौंमा ९ तथा पोखरामा १ गरी १० वटाशाखा संचालनमा रहेका छन् ।आगामी केहीदिनमा नै चितवनको भरतपुरमा १२ औं शाखा विस्तार गरिने समेत कम्पनीले जानकारी दिएको छ ।

हालसम्म भाट–भटेनी सुपरमार्केटले ५ हजारभन्दा बढीलाई रोजगार दिएको छ । धरान शाखाको संचालनमा रु. ५१ करोडको लगानी रहेको छ र यसमा करिब २ सय जनाले रोजगारी पाउने छन् । कम्पनीको आकार ठूलो भएसँगै पब्लिक कम्पनीमा जान लागिएको भाटभटेनीले जानकारी दिएको छ ।

एकै ठाउँमा नूनदेखि सुनसम्मभन्ने नाराका साथ अघि बढेको भाटभटेनीले १ हजार स्वदेशीउत्पादनका साथै विदेशमा बनेका १० औं हजार सामान विक्री गर्दै आएको छ ।
साथै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत हरेक वर्ष नेपालको दुर्गम स्थानका दुई जना विद्यार्थीलाई निःशुल्क एमबिबिएस  पढाउँदै आएको छ ।

भाट–भटेनी सुपरमार्केटका अन्यशाखाहरुमा झै यस शाखामापनि दैनिक आवश्यकताका सबै सामग्रीका साथै लुगाकपडा, श्रृंगार सामग्री, इलेक्ट्रेनिक्सका सामान, फर्निचर, खाद्यवस्तुलगायत सम्पूर्ण सामान उपलव्ध हुनेछन् । शाखासंचालनबाट यस क्षेत्रकावासिन्दालाई आफ्नै छिमेकमा सुपथमूल्यमा सबै प्रकारका गुणस्तरीय सामान उपलव्ध हुने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
MBL