Logo

त्रिपुरेश्वर पछि धरान र चितवनमा शाखा विस्तार गर्दै भाटभटेनी

त्रिपुरेश्वर पछि धरान र चितवनमा शाखा विस्तार गर्दै भाटभटेनी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भाटभटेनी सुपर मार्केट एण्ड डिमार्टमेन्टल स्टोरले उपत्यका वाहिर थप २ वटा शाखा संचालनमा ल्याउने भएको छ । शनिबारबाट काठमाडौंको त्रिपुरेश्वमा आफ्नो १० औं शाखा संचालनमा ल्याएको भाटभटेनीले उपत्यका वाहिर थप २ वटा शाखा संचालनमा ल्याउन लागेको हो ।

भाटभटेनी सुपर स्टोरले आफ्नो ११ औं शाखा धरान र १२ औं शाखा चितवनम खोल्न लागेको हो । भाटभटेनी सुपरमार्केटले आफ्नो शाखालाई विस्तार गर्ने क्रममा आगामी बैंशाख ४ गते धरानमा शाखा खोल्न लागेको हो । यसैगरी, ११ गते चितवनमा १२ शाखा विस्तारको तयारी भैरहेको भाटभटेनीले जानकारी दिएको छ ।

सन् १९४८ मा काठमाडौंको टंगालबाट शुरु भएको उक्त व्यवसाय नेपालकै ठूलो सुपरमार्केटको रुपमा स्थापित भएको छ । भाटभटेनीको काठमाडौंको मुख्य–मुख्य स्थानमा आफ्नो शाखा संचालनमा ल्याइसकेको छ । हाल टंगालका साथै, महाराजगञ्ज, बौद्ध, कोटेश्वर, पाटन, बालाजु, कलंकी, अनामनगर, पोखरा लगायतका स्थानमा भाटभटेनीको शाखा संचालनमा रहेको छ ।

भाटभटेनी सुपरमार्केटबाट ग्राहकले दैनिक उपभोग्य सामग्रीका साथै लुगाकपडा, श्रृंगार सामग्री, इलेक्ट्रोनिक्सका सामान, फर्निचर, खाद्य वस्तुलगायत सम्पूर्ण सामान उपलव्ध हुने बताएको छ । साथै, विभिन्न ब्राण्डका मदिरा तथा खेलौनाहरु समेत उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL