काठमाडौं । सरकराले गत बर्षको तुलनामा केहि बढाएर धानको समर्थन मूल्य तोकेको छ । कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक बर्षका लागि मोटा धानको समर्थन मूल्य गत बर्षको तुलनामा प्रतिक्विन्टल २ सय १५ रुपैयाँ बढाएर तोकेको हो ।
गत बर्ष प्रतिक्विन्टल २ हजार ७ सय ५२ रुपैयाँ तोकिएको यस्तो धानको मूल्य यो बर्ष बढाएर २ हजार ९ सय ६७ रुपैयाँ पुर्याईएको हो ।
यस्तै बैठकले मध्यम धानको मूल्य गत बर्षको तुलनामा २ सय २६ रुपैयाँ बढाएर प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ तोकेको छ । सरकारले तोकेको न्युनतम समर्थन मूल्यमा विभिन्न निकायले धान खरिद गर्न सक्नेछन् ।