सवै व्यवसायीहरुले गैरजिम्मेवार तरिकाबाट काम गरिरहेका छन् भन्ने होइन । अधिकांश व्यवसायीले आफ्नो ज्ञान, शीप र क्षमता अनुसारको काम गरिरहेका छन् । तर, १/२ जना व्यवसायी तथा संस्थाले नकारात्मक काम गरेका कारण समग्र व्यवसायीलाई नै बदनाम बनाइरहेको छ । जिम्मेवार तरिबाट व्यवसाय गर्ने तरिका सिकाउनका लागि नै सम्मेलन गर्न लागिएको हो ।
नेपालमा भर्खरै मात्र आचारसंहिताको विषयमा बहश हुन थालेको छ । यसलाई अmभैपनि कार्यान्वयमा ल्याइसहेका छैनन् । अझै पनि बजारमा भ्याटछली, मिसावट, कम गुणस्तरका विषयमा व्यवसायीमाथी प्रस्न खडाहुँदै आएको छ । यिनै विषयलाई लक्षित गरी नेपाल व्यवसायीक पहल (एनवीआई) ले उद्योगी व्यवसायीलाई जिम्मेवार बनाउनका लागि ‘आर्थिक सफलताका लागि जिम्मेवार व्यवसायिक अभ्यास’ भन्ने मुख्य नाराका साथ नेपाल जिम्मेवार व्यवसाय सम्मेलन २०१४ को आयोजना गर्दैछ । नेपालको औद्योगिक अवस्था र सम्मेलनको विषयमा केन्द्रित गरहेर बिजखबरका रामराजा श्रेष्ठले एनवीआइका अध्यक्ष तथा सम्मेलनका आयोजक पद्यम ज्योतिसँग गरेको कुराकानीको सार ः
नेपालको औद्योगिक क्षेत्रमा तपाईले निकै लामो अनुभव संगाली सक्नु भएको छ । तपाईँको विचारमा अहिले नेपालको औद्योगिक क्षेत्र कुन अवस्थामा छ ?
अहिले पनि वामे सर्ने अवस्थामै छ । औद्योगीकरण अघि सर्न सकेको छैन । केही समय अघि बढेको थियो । जतिवेला देशको कुल ग्राह्स्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान पनि बढको थियो । त्यसबेला जीडीपीमा उद्योगको योगदान झण्डै १२ प्रतिशतसम्म पुगेको थियो । तर, त्यसयता हामी तल तल झरिरहेका छौं ।
यसरी उद्योग क्षेत्र झन्झन् खस्कीनुका कारण के हो ?
पहिलो कारणत देशमा भएको राजनीतिक द्वन्द्व र अस्थिरता नै हो । राजनीतिक स्थायीत्व नभएका कारण व्यवसायीहरुको मनोवल खस्केको छ । पूर्वाधारको विकास हुन सकेको छैन भने चरम लोडसेडिङ भोग्दै आएका छौं । यसले एकतार्फ दैनिक जीवनलाई कस्टकर बनाएको छ । त्यस्तै, उद्योग कलकारखाना पूर्णरुपमा चलाउन पनि सकिएको छैन । पूर्वाधारमा सरकारको लगानी एकदमै न्यून छ । यसैगरी, उद्योग कलकारखान, शिक्षा, स्वास्थ्यलगायत अधिकांश सरकारी गैरसरकारी संस्थानहरुमा राजनीतिकरण बढ्दै गएको छ । यसको प्रभाव विभिन्न नीति निमार्ण तहमा पर्न गयो र देशको औद्योगीकरणले गति लिन सकेन ।
नेपालमा जुन किसिमको औद्योगिक क्रान्ती भइरहेको छ । यसले विश्वव्यापी अर्थतन्त्रमा कस्तो मान्यता राख्ला ?
विश्व परिवेश आर्थिक रुपमा एकिकृत हुँदै आएको छ । विश्वको कुनै पनि देशमा आफ्नै उद्योग तथा आफ्नै बजारको संभावना छैन । औद्योगिक क्षेत्रमा विश्वमा अन्य देशले बनाएको नीति नियमले नेपाललाई पनि प्रभाव पार्छ । नेपाल पनि आफ्नै उत्पादन तथा बजारमा निर्भर गर्न सक्ने अवस्था छैन । तथापि नेपालमा केही यस्ता बस्तुछन् जो विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्छौं । त्यसबाट आर्जन गरेको पैसा हामीले प्रतिस्पर्धा गर्न नसक्ने क्षेत्रमा लगानी गर्नुपर्छ । तर, र्दुभाग्यवस हामीले प्रतिस्पर्धात्मक क्षमता भएका वस्तु पनि उत्पानदन गर्न सकिरहेका छैनौं ।
हामीले जुन किसिमको उद्योग व्यवसाय संचालन गरिरहेका छौं यो विश्वव्यापी मोडलमा गलत अभ्यास त गरिरहेका छैनौं ?
उद्योग व्यवसाय गर्नु नराम्रो काम होइन । तर, आगामी दिनमा कस्ता खालका उद्योग संचालन गर्नुपर्छ, कसरी बढी प्रतिस्पर्धी हुन सकिन्छ त्यो छनौट गर्नुपर्ने बेला आएको छ । बजार विश्लेषण नगरी उद्योग कलकारखाना संचालन गर्दा विश्वका अन्य उद्योगसँग प्रतिस्पर्धा गर्न सकिँदैन । कलखारखाना चलाउनु मात्र उद्योग होइन । सेवा क्षेत्र पनि उद्योग हो । नेपालमा सेवा उद्योगलाई अघि बढाउन सकियो भने बढी लाभ लिन सकिन्छ ।
नेपालमा उद्योग व्यवसायले सरकार र राजनीतिक दलबाट कत्तिको प्राथमिकता पाएको छ ?
विभिन्न पार्टीका उच्च तहका नेताहरुले भाषण तथा अन्य कुराकानीमा उद्योगलाई प्राथमिता दिन्छन् । यसैगरी उहाँहरुलाई पनि देशमा उद्योग कलकारखाना अघि बढेन भने देश आर्थिक रुपमा अघि बढ्न सक्दैन भन्ने थाहा छ । नेताहरुको भनाइ तथा सोचाइ ठिक छ तर व्यवहारमा भने उतार्न सकेका छैनन् । हामी अझै पनि व्यवहारिक पक्षमा अलमलिरहेका छौं ।
पछिल्लो समय उद्योगी व्यवसायीले पनि औद्योगिक विकासका नामका सरकारसँग विभिन्न माग मात्र राखिरहेका छन् । माग मात्र राखेर काम नगर्दा व्यवसायीहरु स्वयम नै यसको वाधक बन्न पुगे जस्तो देखिदैन ?
माग राख्ने वित्तिकै विकासको वाधक भन्न मिल्दैन । उद्योगी व्यवसायीलाई कामको शिलशिलामा ऐन नियमले विभिन्न बाधा अड्चन गरेका कारण उनीहरुले सरकारसँग माग राखेका हुन् । कानुनी अड्चन तथा समस्या काम गर्ने व्यक्तिलाई मात्र थाहा हुन्छ । सरकारलाई त्यस्त पक्षमा सजग गराउनु राम्रै काम हो । यसलाई रामै्र रुपमा हेरिनुपर्छ । यदि यसो गरिएन भने देश औद्योगिक रुपमा अघि बढ्न पनि सक्दैन । तर, यसलाई वाहनाको रुपमा लिइनुहुन्न । नेपालका ऐन नियम सैद्धान्तिक रुपमा राम्रो छ तर व्यवहारमा उतार्न एकदमै कठिन छ । सम्बन्धित निकायहरुले ऐन नियमलाई आफु खुशी व्याख्या गरिदिँदा व्यवसायीहरु समस्यामा परेका छन् । त्यस्ता समस्या समाधानका लागि माग राख्ने क्रम बढेको हो ।
निजी क्षेत्रले विभिन्न रुपमा सरकारको आलोचना गर्दै आएको छ । सरकारको आलोचना गरिरहँदा निजी क्षेत्रले पनि व्यवसायिक आचारसंहिता पालना गरेको देखिँदैन नी ?
नेपालमा आचारसंहिता नयाँ विषय हो । केही संस्थाहरुले लागू गरेका छन् तर पूर्ण रुपमा कार्यान्वयनमा आएको छैन । आचारसंहितालाई कार्यान्वयनमा ल्याउनका लागि नेपाल व्यवसायिक पहलले प्रयास थालेको छ । यस विषयलाई हामीले केही वर्षयता महत्वपूर्ण रुपमा उठाएका छौं । एनबीआईले आप्mनो आचारसंहिता ल्याएको १ बर्ष जति भयो । ऐन नियम सवैले पालना गुर्नपर्छ । ऐन नियम पालना नगर्ने हो भने समाजमा कुनै पनि व्यवसाय असल रुपमा चल्न सक्दैन । गल्तीलाई क्रमशः सच्याउँदै जानुपर्छ । तर, आचारसंहिता भनेको ऐन नियमभन्दा केही फरक विषय हो । जहाँ ऐन नियमले समावेश नगरेका विषयलाई पनि यसले समेटेको हुन्छ । आचारसंहिताले आत्मअनुशासनलाई प्राथमिकता दिएको छ ।
एनबीआइएले झण्डै डेढ वर्ष अघि बनाएको व्यवसायिक आचारसंहिता कत्तिको कार्यान्वयनमा आएको छ ?
हामीले विभिन्न ६ वटा विषयमा सर्वेक्षण गरेर आचारसंहिता बनाएका थियौं । त्यतिलेवा सैद्धान्तिक र मान्यताका विषय बढी समावेश गरिएको थियो । सर्वेक्षणले उपभोक्ता अधिकार, भ्याट छली, गुणस्तरजस्ता विषयमा व्यवसायीको छवी नराम्रो देखिएका कारण सोही अनुसार आचारसंहिता बनाएका थियौंं । तर, यसलाई कार्यान्वयन गर्ने सम्मबन्धित कम्पनीले नै हो । त्यतिवेला हामीले आप्mना ४ वटा बस्तुगत संघसंस्था मार्फत कार्यान्वनमा ल्याउन आग्रह गरेका थियौ । यसका जिम्मा सम्मबन्धित व्यवसायीलाई नै दिइएको थियो । हामीले बनाएका मात्र हौं । यसलाई सम्बन्धित उद्योगी व्यवसायीले आत्मसाथ गरेर मात्र कार्यान्वयनमा ल्याउने हो ।
तर, व्यवसायीहरुमा भ्याट छली, मिसावट, ठगी, गुणस्तरमा लापरबाहीलगायतका विभिन्न आरोप लाग्दै आएको छ । तपाईँको विचारमा यसलाई रोक्नु के गर्नुपर्ला ?
पहिलो कुरा त नेपालको औद्योगिक वातावारण सुहाउँदो ऐन नियम बनाएर त्यसलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्छ । यस्तै, ऐन नियममा समावेश नभएका विषयलाई व्यवसायी स्वयमले आत्म अनुशासनमा बसेर कार्यान्वयनमा ल्याउनु पर्छ । ऐन नियमभन्दा पनि व्यवसायी स्वमले आत्मसाथ गरेर कार्यान्वयमा ल्याउने आचारसंहिता ठूलो हुन्छ । यस्तै, व्यवसाय गर्नु भनेको धर्म गर्नु मात्र होइन नाफा आर्जन गर्नु पनि हो । तर, व्यवसायी स्वयमले आत्मसाथ गरी सवैपक्षलाई फाइदा पुग्ने गरी व्यवसाय गर्नुपर्छ ।
यसको मतलव आचारसंहितालाई एनबीआईले कार्यान्वयमा ल्याउन सक्दैन ?
हामीले कुनै पनि संस्थालाई जब्बरजस्ती आचारसंहिता कार्यान्वयन गर भन्न सक्दैनौं । हामीले बनाउने मात्र हो । कार्यान्वयमा ल्याउने सम्बन्धित व्यवसायीले नै हो । शुरुमा १÷२ जना व्यवसायीले सफल रुपमा कार्यान्वयनमा ल्याएपछि अरुले पनि त्यसलाई पछ्याउनेछन् ।
तपाईँहरु आचारसंहिताको कुरा गर्नुहुन्छ । तर, कुनै व्यवसायीले भ्याट छली, मिसावटजस्ता काम गर्नेलाई कानुनी दायरामा ल्याउन खोज्दा व्यसायिक संघसंस्था आप्mना व्यवसाय नै बन्दा गरेर आन्दोलनमा उत्रने गरेका छन् नी ?
सवै घटनामा यस्तो भएको छैन । ऐन नियम विपरित काम गर्ने व्यक्तिको पछि ंसंघसंस्था लागेको छैनन् । हामीले ऐन नियम विकसित मुलुकलाई हेरेर बनाएका छौं तर हामीलाई सानासाना उद्योग संचालन गर्नुपर्ने वाध्यता छ । यस्तो अवस्थामा ऐन नियमको सैद्धान्तिक पक्ष र काम गर्ने व्यवहारिक पक्ष मेल खाँदैन । ऐन नियम निष्पक्ष ढंगबाट बनाइएको छैन । राजनीतिक समस्या पनि त्यतिकै छ । वास्तवमा व्यवसायीले दैनिक रुपमा भोग्नुपर्ने समस्या एकदमै विकराल छ । यस्ता समस्या समाधान गर्न मात्र व्यवसायीले आवाज उठाएका हुन् ।
ऐन नियम निष्पक्ष छैन भन्नुको मतलव ?
राजनीतिकरण यसको मुख्य समस्या हो । अहिले कसैले अवान्छनिय काम गरेर त्यसको उजुर गर्ने र कारवाही गर्ने निकायको स्पष्टता छैन । राज्यका नियमकारी निकायप्रतिको जनविश्वास पनि बढाउनु जरुरी छ ।
पछिल्लो समय सरकारले निजी क्षेत्र सिर्जनशिल नभएको आरोप लगाउँदै आएको छ । के व्यवसायीसँग सिर्जनशिलता नभएकै हो त ?
शुरुशुरुमा मलाईपनि त्यस्तै लागेको थियो । उद्योग कलखारखाना ग्राहकबाट शुरु हुन्छ । तर, नेपालका व्यवसायीमा त्यसको अध्ययन अनुसन्धान नै नगरी उद्योगकलकारखाना खुल्ने क्रम बढेको थियो । व्यवसायीले सजिलो बाटो रोजेका कारण त्यसो गर्दै आएका छन् । यसले व्यवसायी स्वयमलाई नै धोका हुनजान्छ । तर, पछिल्लो समय अध्ययन अनुसन्धान गरेर व्यवसाय संचालन गर्ने क्रम बढेको छ । उदाहरणका लागि अहिले नाइटवस सेवा, पर्यटन, डिपार्टमेन्ट स्टोरजस्ता व्यवसाय संचालनमा आएका छन् । यो एक किसिमको सिर्जनशिलता हो ।
अब प्रसंग बदलौं, एनबीआईले पुस १ गतेदेखि आयोजना गर्न लागेको ‘नेपाल जिम्मेवार व्यवसाय सम्मेलन २०१४’को मुख्य उद्देश्य के हो ?
कुनै पनि मुलुकमा व्यवसायीकको भुमिका तथा प्रभाव धेरै क्षेत्रमा पर्दछ र पर्नुपर्छ । निजी क्षेत्रले आर्थिक क्षेत्रको विकासमा महात्वपूर्ण भूमिका खेलेको हुन्छ । यो वर्गले कसरी काम गर्दा देश विकासमा सहयोग पुग्छ भन्ने वारे जानकारी दिन यो सम्मेलन गर्दैछौं । यसैगरी व्यवसाय गर्दा व्यक्तिगत लाभलाई मात्र नहेरी राष्ट्रिय हितका वारेमा सोच्नुपर्छ भन्ने विचारलाई विकसित गराउने उदेश्यका साथ यो सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनको मुख्य नारा ‘आर्थिक सफलताका लागि जिम्मेवार व्यवसायिक अभ्यास’ राख्नुभएको छ । नेपालका व्यवसायीहरु जिम्मेवार छैनन् र ?
यसको मतलव सवै व्यवसायीहरुले गैरजिम्मेवार तरिकाबाट काम गरिरहेका छन् भन्ने होइन । अधिकांश व्यवसायीले आफ्नो ज्ञान, शीप र क्षमता अनुसारको काम गरिरहेका छन् । तर, १÷२ जना व्यवसायीले नकारात्मक काम गरेका कारण समग्र व्यवसायीलाई नै बदनाम बनाइरहेको छ । आधुनिक संचारको युगमा एउटाले गल्ती गर्दा त्यसको नकारात्मक असर चाडै नै फैलिन्छ । अव पहिलेब जस्तो आफ्नै तरिकाबाट काम गरेर हुँदैन । समग्र पक्षलाई समेट्नेगरी जिम्मेवार बहन गर्न सक्नु पर्छ । यस्तै कतिपयले चाहदा चाहँदै पनि जिम्मेवारी तरिकाबाट व्यवसाय गर्न सकिरहेका छैनन् ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यक्तित्वहरुको पनि सहभागिता रहेको छ । सम्मेलन सकिएपछि व्यवसायी तथा राष्ट्रले के पाउनेछ ?
सम्मेलनमा उद्योग व्यवसाय चलाएका व्यवसायीहरुको सहभागिता रहनेछ । विशेषज्ञको रुपमा विश्वविद्यालयका प्रोफेसरहरु र गैरसरकारी निकायका प्रतिनिधिहरु पनि हुनुहुन्छ । उहाँहरुबाट व्यवसाय सम्बन्धी विभिन्न प्रिजेन्टेशन हुनेछ । व्यवसाय गैरजिम्मेवार र जिम्मेवार दुई तरिकाबाट गर्न सकिन्छ । सम्मेलन पश्चात व्यवसायीलाई जिम्मेवार तरिकावाट व्यवसाय गर्नुपर्छ जसले गर्दा खर्च कम हुनुका साथै समाजमा सम्मान पाउन सकिन्छ भन्ने कुराको बोध गराउनेछ । बोध गराउने भन्दैमा भाषणमात्र दिएर हुँदैन । जसका लागि सम्मेलनमा सफलतासाथ व्यवसाय संचालन गरिरहेका विभिन्न कम्पनीमा प्रतिनिधिहरुले उनीहरुको अनुभाव सुनाउनेछन् । यस्तै, विश्वविद्यालयको पनि प्रतिनिधिहुने भएकाले आगामी दिनमा विद्यार्थीलाई कस्तो खालको शिक्षा दिनुपर्छ र कसरी पाठ्यक्रम बनाउनुपर्छ भन्ने विषयमा पनि छलफल हुनेछ । सोही अनसार विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई ट्रेण्ड गर्नेछन् । समग्रमा भन्नुपर्दा यो सम्मेलनको प्रभाव सवै क्षेत्रमा पर्नेछ ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यवसायीहरुको सहभागिता रहनेछ ?
सम्मेलनमा विभिन्न क्षेत्रका ५० जना वक्ताहरु हुनेछन् । उनीहरुले विभिन्न ५ वटा क्षेत्रमा छलफल हुनेछ । यसमा २ सय ५० देखि ३ सयजना व्यवसायीहरुको सहभागिता रहनेछ ।