Logo

यी हुन् बढी रेमिट्यान्स भित्र्याउने १० कम्पनी, हेर्नुहोस सुचिसहित

यी हुन् बढी रेमिट्यान्स भित्र्याउने १० कम्पनी, हेर्नुहोस सुचिसहित


रामराजा श्रेष्ठ
27
Shares

काठमाडौं । सन् २०१५ मा नेपालका रेमिट कम्पनीहरुले कुल २ अर्ब २८ करोड ४४ लाख अमरिकी डलर रमेट्यिान्स भित्र्याएका छन् । उक्त हिस्सा सो अवधिमा नेपालमा भित्रएको कुल रेमिट्यान्सको ५० प्रतिशत बरावर हिस्सा हुन आउछ ।

हाल नेपालमा ४७ वटा रेमिट कम्पनी संचालनमा छन् । तीमध्ये ३५ वटा कम्पनीले मात्र रेमिट्यान्स भित्र्याउने काम गरिरहेको नेपाल राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । अन्य १२ वटा कम्पनीले भने दर्ता मात्र गरेर बसेका छन् । केही कम्पनी काम लाइसेन्स नविकरण गरेर बस्ने मात्र भएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

राष्ट्र बैंकको तथ्याङ अनुसार सो अवधिमा सवैभन्दा बढी रमेमिट्यान्स इन्टरनेशनल मनी ट्रान्सफर (आईएमई)ले भित्राएको छ । सन् २०१५ मा आईएमईले ९१ करोड ४ लाख १६ हजार अमेरिकी डलर बरावरको रेमिट्यान्स भित्र्याएको छ । यसैगरी, दोस्रो बढी रेमिट्यान्स भित्र्याउनेमा प्रभु मनि ट्रान्सफर रहेको छ । प्रभुले ४९ करोड ७५ लाख ७८ हजार अमेरिकी डलर रेमिट्यान्स भित्र्याएको छ ।

यसैगरी, जेनिथले तेस्रो बढी रेमिट्यान्स भित्र्याएको छ । उसले सन् २०१५ मा १५ करोड ३९ लाख ५२ हजार डलर रेमिटयान्स भित्र्याएको छ भने सिटी एक्स्प्रेसले चौथो स्थानमा रहँदै १४ करोड ८२ लाख ६८ हजार अमेरिकी डलर बरावरको रेमिट्यान्स भित्र्याएको छ । पछिल्लो समय रेमिट्यान्स भित्र्याउन प्रतिस्पर्धा बढेपनि ८÷१० वटा कम्पनीले मात्र बढी रेमिट्यान्स भित्र्याइरहेको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।

नेपालमा रेमिट कम्पनीहरुले विप्रेषण भित्र्याउने काम गरेपनि पछिल्लो समय बैंकिङ क्षेत्रको हावी बढ्दै गएको छ । नेपालमा भित्रने कुल रेमिट्यान्सको झण्डै ५० प्रतिशत हिस्सा बैंकमार्फत आइरहेको छ । जसको प्रत्यक्ष असर निजी क्षेत्रबाट संचालित रेमिट कम्पनीलाई पर्न गएको छ ।

पछिल्लो समय रेमिट्यान्स भित्र्याउन बैंकहरुको पनि बढी सक्रिय भएको नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष राजगोपाल राजभण्डारी बताउँछन् । ‘रेमिट्यान्स भित्र्याउन निजी क्षेत्रका कम्पनी नआउँदा बैंकले खासै चासो दिएका थिएनन्,’ उनले भने, ‘निजी कम्पनी आएपछि बैंकले पनि त्यसलाई पछ्याइरहेका छन् ।’

भुकम्प पछि नेपालमा रेमिट्यान्स भित्र्ने क्रम ह्वात्तै बढेको समेत राजभण्डारीले जानकारी दिए । भुकम्पको वेला नेपाल रेमिट्यान्स भित्र्याउन चाहनेलाई संघको पहलमा सेवा शुल्क नलाग्ने व्यवस्था गरेकाले पनि केही बढेको थियो । साथै समयमा विदेशमा रहेका कामदारले आफ्ना परिवारलाई पैसा पठाउने क्रम बढ्नुका साथै कतिपय संघसंस्थाले सहयोग स्वरुप पठाएकाले पनि रेमिट्यान्स आउने क्रम बढेको हो ।

यसैगरी नेपाल मुद्रा विप्रेषक संघका महासचिव तथा आईएमई रेमिटका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल पनि बैंकले रेमिट्यान्स भित्र्याउने काम गर्दा निजी क्षेत्रबाट खुलेका रेमिट कम्पनीलाई समस्या परेको बताउँछन् । ‘पछिल्लो समय बैंकले पनि एजेन्ट नियुक्त गरेर रेमिट्यान्स भित्र्याउने काम गरिरहेका छन्,’ उनले भने, ‘त्यो काम भनेको मनि ट्रान्सफरको हो ।’

बैंकको पूँजी तथा कार्यक्षेत्र ठूलो भएकाले उनीहरुले रेमिट्यान्स भित्र्याउने काम गर्दा रेमिट कम्पनीलाई ठूलो असर पर्ने छ । यस्तै राष्ट्र बैंकले पनि निजी रेमिट कम्पनीको तुलनामा बैंकलाई बढी सुविधा दिँदै आएको छ । तर, आगामी दिनमा रेमिट कम्पनीलाई पनि बैंकलाई सरह सुविधा दिनुपर्ने पोखरेल बताउँछन् । ‘दुवै संस्थाले एउटै प्रकृतिका काम गरेपनि दुवैलाई समान सुविधा पनि दिनुपर्छ,’ उनले भने ।

remittance data

प्रतिक्रिया दिनुहोस्