Logo

धितोपत्र बोर्डको निर्देशनसँगै नेप्से बृद्धिमा ब्रेकअप

धितोपत्र बोर्डको निर्देशनसँगै नेप्से बृद्धिमा ब्रेकअप


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । केहीसमय यता लगातार बढिरहेको नेप्से परिसुचकमा धितोपत्र बोर्डको दिर्नेशनसँगै ब्रेकअप लागेको छ । पहिलो पटक लगानीकर्तालाई सजक रहन सुझावदिए पछि झन् बढेको नेप्से परिसुचक पुनः दास्रो पटक सचेत गराएसँगै बृद्धिमा ब्रेकअप लागेको हो ।

बोर्डले यसै हप्ताको सोमबार लगानीकर्तालाई सजक रहन दोस्रो पटक निर्देशन जारी गरेको थियो । त्यसयता नेप्से परिसुचक झण्डै २२ अंकले घटेको छ । निर्देशन जारी गरेयता लगातार रुपमा नेप्से घटिरहेको छ ।

बोर्डले सजक रहन निर्देशन दिएकै दिन नेप्से परिसुचक २ दशमलव ५८ अंकले ओरालो लागेको थियो भने त्यसको भोलीपल्ट अर्थात मंगलबार झण्डै ५ अंकले घटेको थियो । त्यसयताको पछिल्लो २ दिन ७÷७ अंकभन्दा बढीले ओरालो लागेको छ ।

देशको अर्थतन्त्र तथा अन्य आधारभुत परिसुचक सन्तोषजनक नभएको अवस्थामा नेप्से परिसुचक अस्वभाविक रुपमा बढेको भन्दै लगानीकर्तालाई सजक रहन निर्देशन दिएको छ । ‘धितोपत्र वोर्डको उद्देश्य लगानीकर्तालाई बजारको वारेमा यथार्थ जानकारी दिएर सजक गराउनु हो,’ बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले भने, ‘सोही अनुरुप लगानीकर्तालाई सजक गराएका हौं ।’ देशको आर्थिक बृद्धिदर १ प्रतिशतको हाराहारीमा रहने अवस्थामा जुन रुपले बजार बढिरहेको छ त्यो एकदमै अस्वभाविक भएको उनको भनाइ छ ।

दैनिक कारोवार १ खर्बभन्दा बढी पुगिसकेको बजारमा बोर्डले दोस्रोपटक सूचना जारीगरेसँगै कारोवार रकममा पनि गिरावट आएको छ । हाल दैनिक ५० करोड देखि ७० करोड रुपैयाँको सेयर खरिदविक्री भइरहेको छ । बोर्डले पटक–पटक निर्देशन जारीगरेसँगै बजारमा साना लगानीकर्ता झस्किएका छन् । तर, केही ठूला लगानीकर्ताले भने बजार अझ बढ्दै भन्दै लगानीकर्तालाई उस्काइरहेका छन् ।

२०७२ असार मसान्तसम्म ९ सय ६१ अंकमा रहेको नेप्से परिसुचक हालको अवस्थामा अइपुग्दा १ हजार ३ सय ७० अंकभन्दा माथी पुगिसकेको छ । तर, बोर्डले दोस्रो पटक निर्देशनसँगै ओरालो लागेको नेप्से परिसुचक विहीबार १ हजार ३ सय ५५ अंकमा झरेर अडिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL