Logo

प्राइम बैंकलाई अन्तरष्ट्रिय अवार्डबाट सम्मान, मानन्धरले थापे उत्कृट म्यानेजर अवार्ड

प्राइम बैंकलाई अन्तरष्ट्रिय अवार्डबाट सम्मान, मानन्धरले थापे उत्कृट म्यानेजर अवार्ड


बिजखबर संवाददाता
0
Shares

काठमडौं । प्राइम कमर्सियल बैकलाई यस वर्षको एशिया प्रसान्त क्षेत्रको उत्कृष्ट बैंकको अवार्ड प्रदान गरिएको छ । बुधबार लण्डमा आयोजित एक कार्यक्रमबीच प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धरलाई  उत्कृष्ट बैंक तथा उत्कृष्ट म्यानेजर अवार्ड प्रदान गरिएको हो ।

बैंकलाई बेलायतको अक्सफोर्ड अन्तरगतको यूरोप विजनेश एसेम्बली (इबीए)ले बुधबार एक कार्यक्रमबीच २०१६ को प्रेस्टिजिएस इन्टरनेशनल अवार्ड प्रदान गरेको हो ।

अक्सफोर्ड अन्तरगत सन् २००० मा स्थापना भएको यूरोप विजनेश एसेम्ब्लीले समाजलाई आर्थिक, बैज्ञानिक, सामाजिक र सास्कृतिक रुपमा विकास गर्न सहयोग पुर्याउने संस्थालाई उक्त अवार्ड दिँदै आएको छ । । विशेषगरी, इबीएले राजनीतिज्ञ, उद्यमी व्यवसायी, बैज्ञानिक र कलाकारलाई यस्तो अवार्ड दिने गरेको छ । बैंकले उत्कृष्ट व्यवस्थापन, कर्मचारीलाई राम्रो सेवा सुविधा तथा सेवाग्राहीलाई राम्रो सेवा प्रदान गरे वापत उक्त अवार्ड प्रदान गरिएको इबीले जनाएको छ ।

narayan-das-manandhar

साथै, इबीएले कम्पनीको कार्यसम्पादन, प्रभावकारिता, स्पष्ट दृष्टिकोण र सफल नेतृत्व, सृजनशिलता र नयाँ आविश्कार, उच्च व्यवसायिकता, व्यवस्थापकीय कुशलता, आचरण र संस्थागत सामाजिक उत्तरदायित्व लगायतका विषयमा मुल्याङकन गरी बैंकलाई सो अवार्ड दिएको हो ।

यसैगरी, इबीएले प्राइम कमर्शियल बैंककै प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धरलाई यस वर्षको उत्कृष्ट म्याजेनर अवार्डका सम्मान गरेको छ । व्यवसायलाई निरन्तर रुपमा उत्कृट र ख्यातीप्राप्त बनाएको, प्रभावकारी रणनीति तर्जुमा गरेको र व्यवसायलाई निरन्तर विस्तार गरेको भन्दै मानन्धरलाई उक्त अवार्ड दिएको इवीएद्वारा प्रदान गरिएको पत्रमा उल्लेख छ । प्राइम नेपालको उत्कृष्ट १० बैंकको सूचीभित्र रहेको छ । बैंकले जलविद्युत, सिमेन्ट उद्योगलगायतका क्षेत्रमा लगानी गर्दै आएको छ ।

लण्डनमा भएको उक्त कार्यक्रममा पुरस्कार लिन बैंकका सीइओ मान्धरका साथै संचालक समितिका अध्यक्ष उमेशलाल श्रेष्ठ, पूर्व अध्यक्ष द्वय नरेन्द्र बज्राचार्य र राजेन्द्रदाश श्रेष्ठ गएका बैंकका नायव महाप्रवन्धक भाइराजा तुलाधरले जानकारी दिए ।

बैंकले स्थापना कालदेखि नै लगानीकर्तालाई प्रतिफल दिँदै आएको छ । बैंक गत आर्थिक वर्षमा कम खर्च गरी बढी नाफा कमाउने बैंकमध्ये पहिलो सूचिमा थियो । बैंकले चालू आवको दोस्रो चौमासमा पनि ४६ करोड ९२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ७० करोड ९२ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा १ अर्ब ९ करोड रुपैयाँ रहेको छ ।

बैंकले चालू आवको दोस्रो चौमाससम्ममा कुल ४२ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ । हाल बैकको खराव कर्जा अनुपात पनि १ दशमलव ४६ प्रतिशत मात्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL