Logo

२ अंकले घट्यो नेप्से, साधारण सभाकै दिन नेशनल हाइड्रोको १३ करोडको सेयर कारोवार

२ अंकले घट्यो नेप्से, साधारण सभाकै दिन नेशनल हाइड्रोको १३ करोडको सेयर कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेशनल हाइड्रो पावरका मुख्य प्रवद्र्धक एनबी समुह र निर्मल प्रधानले एउटै मञ्चबाट कम्पनीको विवाद समाप्त भएको घोषणा भएको दिन लगानीकर्ताले झन बढी विक्री गरेका छन् । कम्पनीको विशेष साधारणसभामार्फत उनीहरुले कम्पनीले राम्रो मुनाफा दिने भएकाले तत्काल सेयर नबेच्न आग्रह गरिरहदा लगानीकर्ताले भने झन बढी सेयर विक्री गरेका हुन् ।

बजारमा नेशनल हाइड्रोको सवैभन्दा बढी १२ करोड ८७ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । आइतबार प्रति किक्ता १० रुपैयाँले बढेको नेशनल हाइड्रोको सेयर सोमबार १ रुपैयाँले मात्र बढेको छ । सोमबार नेशनल हाइड्रो पावरको मात्र ५ लाख ७९ हजार ५ कित्ता सेयर खरिदविक्री भएको छ ।

बजार खुलेको केही समय बढेको नेप्से परिसुचक १ बजेपछि ओरालो लाग्न शुरु भएको थियो । अन्तमा नेप्से परिसुचक १ दशमलव ८६ अंकले घट्दै १ हजार १ सय ४२ अंकमा झेरर अडिएको छ । जलविद्युत र बीमा समुहकै परिसुचक ओरालो लागेका कारण समग्र नेप्से परिसुचक घट्न पुगेको हो । जसमा सवैभन्दा बढी बीमा समुह २७ दशमलव ५९ अंकले घटेको छ । आइतबार एकैपटक ३ सय १६ अंकले बढेको बीमा समुह आज ओरालो लागेको हो । यसैगरी, जलविद्युत समुह  पनि २२ अंकले ओरालो लगेको छ ।

बजारमा बैंक, फाइनान्स तथा विकास बैंक समुह भने सामान्य उकालो लागेका छन् । सोमबार दिनभर कुल १ सय २७ कम्पनीको सेयर किनवेच भएको छ । सोमबार कोरावार रकममा भने बृद्धि भएको छ । दिनभर कुल ९७ करोड ७ लाख रुपैयाँ बरावरको १९ लाख ३२ हजार कित्ता सेयर खरिदविक्री भएको छ ।

दिनभर बढी कारोवार हुनेमा नेशनल हाइड्रो रहेको छ भने दोस्रो सूचीमा नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ३६ लाख रुपैयाँको सेयर खरिदविक्री भएको छ । यसैगरी नेपाल बैंकको ८ करोड २० रुपैयाँ बरावरको सेयर विक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्