Logo

ट्रेडमार्क दर्ता बढ्यो, ८ महिनामा ९ सय ३० दर्ता

ट्रेडमार्क दर्ता बढ्यो, ८ महिनामा ९ सय ३० दर्ता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । करिव ४ महिना लामो नाकाबन्दीले देशभरका अधिकांश उद्योग बन्द भएपनि उद्यमी तथा व्यवसायीहरुको मनोवल भने घटेको देखिदैन । चालु आर्थिक बर्षको ८ महिनामा उद्योग विभागमा दर्ता भएको ट्रेडमार्कको संख्याले यस्तो देखाएको हो ।

उद्योग विभागको अनुसार यस बर्ष गत ८ महिनामा विभागमा ९ सय २९ ट्रेड मार्क दर्ता भएका छन् । गत आर्थिक बर्षमा विभागमा जम्मा १६ सय ५० ट्रेडमार्क दर्ता भएको थियो । चालु आवमा पनि सोही अनुसार ट्रेडमार्क दर्ता हुने ट्रेडमार्क शाखा निर्देशक नेत्र भट्टराइले जानकारी दिए । ‘नाकाबन्दीले विचमा केही अबरोध सिर्जना गरेपनि ट्रेडमार्क दर्ता गराउनेको संख्यामा भने कमी आएको छैन’ उनले भने ‘तर यस बर्ष गत ट्रेडमार्क दर्ता बढ्ने संकेत भने देखिएको छैन ।’

पछिल्लो समय बस्तु तथा सेवाको ट्रेडमार्क दर्ताको क्रम बढेको थियो । ट्रेडमार्क दर्ता बार्षिक रुपमा करिव १० प्रतिशतले बढेको उद्योग विभागको तथ्यांक छ । विभागका अनुसार आर्थिक बर्ष २०७० ७१ मा १५ सय ४१ ट्रेडमार्क दर्ता भएको थियो । आव ७१ ७२ मा सो संख्या बढेर १६ सय ५० पुग्यो ।

आफ्नो सेवा तथा उत्पादनको प्रवद्र्धनबारे जनचेतना बढेसँगै ट्रेडमार्क दर्तामा बृद्धि भएको उनले जानकारी दिए । त्यस्तै ट्रेडमार्क दर्ता पश्चात हक हनन भएमा कानीनी अधिकार हुने भएकोले त्यसतर्फ आकर्षण बढेको हो ।
नेपालमा २०१४ सालदेखि ट्रेडमार्क दर्ता भएको देखिन्छ । तथापि ट्रेडमार्क ऐन २०२२ सालमा आएको हो । हालसम्म ३८ हजार ट्रेडमार्क दर्ता भएको विभागको तथ्यांक छ । त्यसमध्ये विदेशी सेवा तथा वस्तुको ट्रेडमार्क ११ हजार ४ सय ६६ र स्वदेशी ट्रेडमार्क २६ हजार ४ सय ४० रहेको बताइएको छ ।

यसैवीच सरकारले सरकारले वस्तु तथा सेवाको ट्रेडमार्क दर्तामा कडाई गर्न लागेको छ । हाल दर्तामा रहेका ट्रेडमार्कहरु अव्यवस्थित भएको र एक अर्कावीच मिल्दोजुल्दो भएको भन्दै नयाँ व्यवस्थ गर्न लागेको ट्रेडमार्क शाखा निर्देशक भट्टराइले जानकारी दिए । ‘ट्रेडमार्क जुध्ने तथा चोरी हुने प्रक्रियालाई रोक्न त्यससम्वन्धि निर्देशिका ल्याउन लागिएको हो’ उनले भने ।

सो सम्वन्धि निर्देशिकाको मस्यौदा तयार गरी मन्त्रालयमा समेत बुझाइसकेको उनले जानकारी दिए । उनका अनुसार ट्रेडमार्क सम्वन्धि निर्देशिका पेटेन्ट डिजाइन ऐन २०२२ लाई सहयोग पुर्याउने किसिमले तयार गरिएको छ ।

निर्देशिकामा राष्ट्रिय प्रतिकको नाम तथा ठाउँको नामबाट बस्तु वा उत्पादनको ट्रेडमार्क राख्न नमिल्ने व्यवस्था गरिएको छ । त्यस्तै दर्ता भइसकेका ट्रेडमार्कको अगाडी वा पछाडी शब्द थपेर नयाँ दर्ता गर्न नदिइने उल्लेख छ ।

नियतबस वा अन्जानमा ट्रेडमार्क चोर्ने प्रवृत्ति बढेकोले यसलाइ हटाउन सो व्यवस्था गर्न लागिएको हो । ‘कतिपय व्यवसायीहरुमा चलेको कम्पनी तथा उत्पादनको नाम चोर्ने प्रवृत्ति छ ’ उनले भने ‘त्यसलाई निमूल पार्न नाममा विशेष गरिएको हो ।’त्यसैगरी बोलिचालिको शब्दबाट पनि वस्तु वा सेवाको पहिचान राख्न नपाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL