काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक ५४.४५ अंकले उकालो लागेको छ । आज बिहानैदेखि उकालो लाग्न सुरु गरेको नेप्से परिसुचक अन्तिम समयमा २१ सय ३२ को विन्दुमा पुगेर रोकिएको हो ।
आज दिनभर २ सय १४ कम्पनीका ९९ लाख ४४ हजार ४८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९ सय ४१ रुपैयाँ पुगेको छ ।
आज विभिन्न १० कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सकारात्मक सर्किट लागेका कम्पनीहरुमा नारायणी विकास बैंक, मल्टीपर्पाेज फाईनान्स कम्पनी, सुर्याेदय वोमी लघुवित्त, ग्रिन विकास बैंक, युनाईटेड मोदी जलविद्युत कम्पनी, मानुषी लघुवित्त, बलेफी हाईड्रोपावर, समृद्धि फाईनान्स, गुर्खा फाईनान्स र गुह्येश्वरी मर्चेन्ट बैंक रहेका छन् ।
आज बजारमा कारोबार भएका सबै समुहको परिसुचक उकालो लाग्दा सबैभन्दा बढी वृद्धि भने वित्त समुहको परिसुचकमा देखिन्छ । आज वित्त समुहको परिसुचक ७.९ प्रतिशतले उकालो लाग्दा विकास बैंक समुहको परिसुचकमा ५.८४ प्रतिशतको वृद्धि देखिन्छ ।
आज लघुवित्त समुहको परिसुचक ३.९९ प्रतिशतले उकालो लाग्दा उत्पादनमुलक समुहको परिसुचकमा ३.२२ प्रतिशत, होटल तथा पर्यटन समुहको २.७३, ईन्भेष्टमेन्ट समुहको २.५९ र व्यापार समुहको परिसुचक २.४३ प्रतिशतले उकालो लागेका छन् । बजारमा धेरै प्रभुत्व भएको बैंकिङ समुहको परिसुचक आज १.५५ प्रतिशतले उकालो लागेको छ ।