Logo

१६ ठेकेदार कम्पनी कालो सूचीमा, ३ बर्षसम्म ठेक्कामा भाग लिन नपाउने

१६ ठेकेदार कम्पनी कालो सूचीमा, ३ बर्षसम्म ठेक्कामा भाग लिन नपाउने



काठमाडौं । सरकारले १६ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार पत्रिकामा एक सूचना प्रकाशित गर्दै १६ वटा कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन नपाउने भएका छन् । हाल कालोसूचीमा थपिएका कम्पनीहरूलाई कम्पनीअनुसार एकदेखि बढीमा तीन वर्षसम्म सार्वजनिक निकायको खरिद कार्यमा प्रतिबन्ध लगाईएको छ ।

कालो सूचीमा पर्ने कम्पनीहरुमा बिटी निर्माण सेवा, शिवराम कन्स्ट्रक्सन प्रालि, आकाश एण्ड पवन कन्स्ट्रक्सन प्रालिलगायत छन् । यी कम्पनीहरुले ठेक्कामै अनियमितता गरेको र समयमै काम फत्ते गर्न नसकेको भन्दै कालोसूचीमा राखिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL