Logo

नेपाल लाइफको सिइओमा प्रवीणरमण पराजुली नियुक्त, चार वर्षको लागि पाए जिम्मेवारी

नेपाल लाइफको सिइओमा प्रवीणरमण पराजुली नियुक्त, चार वर्षको लागि पाए जिम्मेवारी



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा प्रवीणरमण पराजुली नियुक्त भएका छन् । कम्पनीको शुक्रबार बसेको बोर्ड बैठकले पराजुलीलाई सिईओमा नियुक्त गरेको हो ।

सिईओ नियुक्ति पश्चात स्वीकृतका लागि बीमा समितिमा पठाएको छ । बीमा समितिबाट स्वीकृति पाएसँगै उनले आफ्नो ४ वर्षे कार्यकालको जिम्मेवारी सम्हाल्नेछन् ।

यसअघि पराजुली कम्पनीमा डिसीईओ भुमिकामा थिए । पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा सिइओ थिए।

प्रतिक्रिया दिनुहोस्
MBL