Logo

नेपालकै ठूलो प्लाष्टिक ‘रिसाइक्लिङ’ उद्योग संचालनमा आउँदै

नेपालकै ठूलो प्लाष्टिक ‘रिसाइक्लिङ’ उद्योग संचालनमा आउँदै


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । मनकामना ग्रूपले नेपालकै ठूलो प्लाष्टिक ‘रिसाइक्लिङ’ उद्योग संचालनमा ल्याउने भएको छ । हाल उद्योग संचालनमा लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको मनकामना ग्रूपका प्रवन्ध निर्देशक लक्षमण अर्यालले जानकारी दिए । ‘चालू आर्थिक वर्षभित्रै रिसाइक्लिङ उद्योग संचालनमा ल्याइने छ,’ उनले भने ।

मनकामनाले युनिभर्सल प्लाष्टिक उद्योगको नाममा रिसाइक्लिङ उद्योग संचालन गर्न लागेको हो । युनिभर्सलले घण्टाको  ५ सय किलोग्राम रिसाइक्लिङ क्षमता भएको उद्योग संचालनमा ल्याउन लागेको हो । ‘यो क्षमताको रिसाइक्लिङ उद्योग नेपालमा पहिलो पटक संचालनम आउन लागेको छ,’ उनले भने, ‘यो उद्योग संचालनमा आएसँगै नेपालका प्लाष्टिक उद्योगलाई चाहिने ‘ग्रयानुअल्स’ उत्पादनमा सहयोग पुग्ने छ ।’

हाल नेपालमा १ सय किलोग्राम क्षमताभन्दा कमका उद्योगहरु संचालमा छन् । त्यसमा पनि प्रायजसोले घरेलू उद्योगको रुपमा संचालन भइरहेको समेत अर्यालले जानकारी दिए । आफुहरुले प्लाष्टिक रिसाइक्लिङको लागि जर्मन टेक्नोलोजीको फुल आटोमोटिभ प्लाष्ट स्थापना गर्न लागिएको समेत उनले जानकारी दिए । उक्त प्लाष्ट स्थापनाका लागि शुरुमा न्यनतम ६ करोड रुपैयाँ लगानी हुने छ ।

हाल मनकामना ग्रूपले पेन्ट्स, केमिकल, स्क्रुब तथा क्राफ्ट उद्योग संचालन गर्दै आएको छ भने आयात निर्यातको काम समेत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL