Logo

नेपालका लागि विश्व बैंकले गर्यो १२ अर्ब ८१ करोड ऋण स्वीकृत, के के मा हुन्छ खर्च ?

नेपालका लागि विश्व बैंकले गर्यो १२ अर्ब ८१ करोड ऋण स्वीकृत, के के मा हुन्छ खर्च ?



काठमाडौं । विश्व बैंकले नेपालका लागि १ सय मिलियन डलर (१२ अर्ब ८१ करोड १० लाख रुपैयाँ) ऋण स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशकिय बैठकले नेपालको हरित र समाबेशी विकास मार्ग निर्माणका लागि उक्त ऋण स्वीकृत गरेको हो ।
विश्व बैंकले नेपाललाई स्वीकृत गरेको ऋण ग्रिन, रेसिलियन्ट र इन्क्लुसिभ डेभलपमेन्ट (ग्रिड) परियोजनाको विकास नीति ऋण कार्यक्रमको ३ सिरिजमध्येको पहिलो हो ।

कोरोना महामारीबाट बाहिर निस्केसँगै नेपालमा हरित र समावेशी विकासका लागि विश्व बैंकले सहकार्य गर्दै आएको विश्व बैंक नेपाल, माल्दीभ्स र श्रीलंकाका देशिय निर्देशक फरिस हदाद जर्भसले बताए ।

उनका अनुसार विश्व बैंकले नेपाल सरकारको नीति निर्माण र खानेपानी, प्रदुषण नियन्त्रण, भुमि उपयोग, कृषि, वन, शहरी क्षेत्रलगायतलाई सहयोग पुर्याउने कोशिस गरिएको छ ।

विश्व बैंकले स्वीकृत गरेको ऋणमार्फत प्राकृतिक पुँजी परिचालन, शहरी विकास, रोजगार विकास र कृषिमा सहयोग पुग्नेछ । यस्तै यसले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, विकासका निर्णयहरु बलियो बनाउनेलगायतका लागि पन सहयोग पुर्याउने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्