काठमाडौं । २६ हिमाली जिल्लाको पूर्वाधार विकास र जिवनस्तर उकास्न चीनको सहयोगमा अघि बढाउन लागिएका १२६ परियोजना अलपत्र परेका छन् । उत्तरी क्षेत्र विकास कार्यक्रम अन्तर्गत चीन सरकारसँग २०७५/७६ मा ३ अर्ब ४५ करोड रुपैयाँ बराबर प्राप्त गर्नेगरी सम्झौता भएको थियो ।
उक्त सम्झौता अनुसार काम अघि बढाउन नसक्दा उक्त रकम नआउने देखिएको हो। महालेखा परिक्षकको कार्यालयको ५९ औं प्रतिवेदनमा यसबारे बताईएको छ । प्रतिवेदनमा भनिएको छ, ‘चीनको ३ अर्ब ४५ करोड रकम सहयोग प्राप्त गर्नेगरी भएको सम्झौता बमोजिम कार्यक्रमको सुरुवात नै भएको छैन, जसका कारण हिमाली जिल्लामा १२६ परियोजना कार्यान्वयन नभएको अवस्था छ ।’
प्रतिवेदनले दातृ मुलुकसँग भएको सम्झौता अनुसार कार्यक्रम संचालन गर्न समन्वय गरी सरोकारवालामा प्रतिवेदन पुर्याउनुपर्ने उल्लेख छ ।