Logo

वैदेशिक लगानीको अनलाइन दर्ता २ हप्ता भित्रै

वैदेशिक लगानीको अनलाइन दर्ता २ हप्ता भित्रै



काठमाडौं । उद्योग विभागले मार्च देखिनै प्रत्यक्ष विदेशी लगानी (एफडीआई)को स्वीकृति अनलाइनबाट लिने तयारी थालेको छ । मार्चको अन्त्यसम्मा अनलाइनबाट स्वीकृति लिने तयारी गरिहेको विभागका महानिर्देशक महेश्वर न्यौपानेले जानकारी दिए ।

‘एफडीआईलाई डिजिटलाइज्ड गर्नका सफ्टवेयर निर्माण कार्य सम्पन्न भइसकेको छ’ उनले भने । अवको २ हप्ताभित्रै सम्पूर्ण काम सम्पन्न गरि अनलाइनबाट दर्ता गर्नेर्छौ ।’

योमरी कम्पनीले सो सम्वन्धि सफ्टवेयर निर्माण गरेको हो । उनका अनुसार विभागले सो कार्यका लागि आवश्यक हार्डवेयरलगायत सामग्री खरीद गरिसकेको छ । विभागले बल्र्डबैंक अन्तर्गतको अन्तरराष्ट्रिय मुद्रा कोषको सहयोगमा सफ्वेयर निर्माण शुरु गरेको हो ।

यससँगै विदेशी लगानीकर्ताले सम्वन्धित देशमै बसेर नेपालमा उद्योग दर्ता गर्न सक्नेछन् । नेपालमा लगानी गर्न चाहने विदेशी लगानीलाई प्रक्रियागत झन्झटबाट मुक्त बनाउने तथा विभागलाई डिजिटलाइज्ड गर्ने उद्देश्यका साथ अनलाइन प्रणालीको व्यवस्था गर्न लागिएको उनले जानकारी दिए ।

अनलाइन प्रणाली लागुभएसँगै विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न आकर्षित हुनुका साथै ‘डुइङ विजनेस कष्ट’लाई व्यवस्थित पार्ने न्यौपानेले बताए ।डुइङ विजनेस अन्तर्गत उद्योग दर्ताका लागि लाग्ने ट्राभल खर्च, अपरेसन कस्ट, डकुमेन्टेशनलगायत पर्छन् ।

अहिले विदेशी उद्योग सञ्चालन गर्नका लागी विभिन्न चरणहरु पार गर्नुपर्ने बाध्यता छ । विदेशी उद्योग दर्ताका लागि फर्म भर्ने, उद्योगको प्रकृतिअनुसार सम्वन्धित मन्त्रालयको सहमति, कर्मचारी राख्ने,एउटै विवरण धेरै ठाउँमा देखाउनुपनलगायत झण्झट छ । त्यस्तै आइइई, इआइएलगायत गर्दा विजनेश कष्ट निकै हाई हुन्छ ।

आईएफसिले उद्योग विभागको वेव डिजाइनिङ, तालीम, टेक्निकल व्याकअप, डकुमेन्ट डिजिटलाइजेशनलगायत गर्नका लागि करिब १ करोड रुपैयाँ छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL