Logo

सेयर भर्दा डिम्याट खाता अनिवार्य, खाता नहुनेले आइपीओ भर्न नपाउने

सेयर भर्दा डिम्याट खाता अनिवार्य, खाता नहुनेले आइपीओ भर्न नपाउने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनको आवेदनमा आफ्नो डिम्याट खाता अनिवार्य रुपमा राख्नुपर्ने व्यवस्था लाग गरेको छ । प्राथमिक सेयर निष्काशनको क्रममा एकै व्यक्तिले धेरै व्यक्तिको परिचयपत्र जम्मा गरी बढी व्यक्तिको नाममा आवेदन दिने गरेकाले त्यस्ता कार्य निरुत्साहित गर्न सो व्यवस्था लागू गरिएको बोर्डले जानकारी दिएको छ ।

बार्डले उक्त व्यवस्थालाई काठमाडौं उपत्यकाको हकमा २०७३ साउन १ र उपत्यका वाहिरका लागि २०७३ माघ १ गतेबाट अनिवार्य रुपमा लागू गर्न निर्देशन दिएको हो । साथै, बाडफाँड भएको सेयरलाई सोही खातामा जम्मा गर्न मर्चेन्ट बैंकरलाई निर्देशन दिइएको समेत बोर्डले जानकारी दिएको छ । तर, धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०६५ अन्तरगत उद्योग प्रभावित क्षेत्रका वासिन्दाका लागि भने सो नियम लागू हुने छैन ।

हाल पूँजी बजारमा वास्तविक लगानीकताको पहिचान नभएकाले लगानीकर्ता परिचयपत्र बनाउने कार्यलाई समेत अघि बढाइएको बोर्डले जानकारी दिएको छ । हाल डाटा वेश नभएकाले सार्वजनिक निष्काशनमा लामो समय लाइनमा वस्नुपर्ने, हकप्रद सेयर खरिदका लागि सूचिकृत संस्था वा रजिस्टारका जानुपर्ने वाध्यता छ । पूँजीबजारमा वास्तविक लगानीकर्ताको एकिन नभएको अवस्थामा नीति नियम बनाउन समेत कठिनाई भएकाले डिम्याट खाता र परिचयपत्रलाई कडाइका साथ लागू गर्न लागिएको बोर्डले जानकारी दिएको छ ।

हाल बोनस तथा हकप्रद सेयर भने सम्बन्धित डिम्याट खातामा प्राप्त गर्न सकिने छ । यस्तै, सूचिकृत संस्थाले सेयरधनीलाई दिने नगद लाभांस समेत सम्बन्धित सेयरधनीको नेपाल क्लियरिङ हाउसको सदस्य भएको बैंक तथा वित्तीय संस्थाको खातामा जम्मा गर्न सकिने छ ।

हाल काठमाडौं वाहिर ५५ जिल्लामा निक्षेप सदस्य सेवा विस्तार भइसकेको र सीडीएस एण्ड क्यिरिङ लिमिटेडले चालू आर्थिक वर्षभित्र सवै जिल्लामा सो सेवा पुर्याउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्