Logo

५ वर्षमा बैंक वित्तीय संस्थाको लगानी, कुन क्षेत्रमा कति ?

५ वर्षमा बैंक वित्तीय संस्थाको लगानी, कुन क्षेत्रमा कति ?


रामराजा श्रेष्ठ
0
Shares

पछिल्लो ५ वर्षमा बैंक तथा वित्तीय संस्थाले औषतमा ९ खर्ब ८९ अर्ब ९३ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङक अनुसार सन् २०११ देखि २०१५ सम्ममा वार्षिक औसतमा सो लगानी गरेका हुन् ।

सन् २०११ मा बैंक तथा वित्तीय संस्थाले विभिन्न क्षेत्रमा गरी कुल ७ खर्ब १३ अर्ब ६ करोड  रुपैयाँ लगानी गरेको थियो । सन् २०१५ मा आईपुग्दा यस्तो कर्जा लगानी बढेर १३ खर्ब ६१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकको तथ्याङक अनुसार बैंक वित्तीय संस्थाले होलसेल तथा रिटेलरमा सवैभन्दा बढी लगानी भएको छ । सो क्षेत्रमा कुल लगानीको २० प्रतिशत अर्थात वार्षिक औषतमा २ खर्ब ८ अर्ब १७ करोड रुपैयाँ लगानी भएको देखिन्छ । यस्तै, दोस्रो ठूलो लगानी कृषि, फरेस्टी र पेय पदार्थमा भएको छ । सो क्षेत्रमा कुल लगानीको १९ दशमलव २७ प्रतिशत अर्थात ५ वर्षमा वार्षिक औषत १ खर्ब ९० अर्ब ७४ करोड रुपैयाँ लगानी भएको छ ।

यसैगरी, पूर्वाधार विकासमा पनि बैंकहरुले लगानी विस्तार गरिरहेको छन् । पछिल्ला ५ वर्षमा कुल लगानीको १० दशमलव ६७ प्रतिशत लगानी अर्थात् १ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ पुर्वाधार योजनामा लगानी भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । तर, पूर्वाधार क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको लगानी कम भएको नेपाल उद्योग परिसंघका वित्तीय विज्ञ प्रदिप सिग्देलले बताउँछन् । देशमा पूर्वाधार विकासको लागि २० अर्ब चुक्ता पूँजी सहितको पूर्वाधार विकास बैंक आवश्यक भएको उनको भनाइ छ ।

पछिल्ला ५ वर्षमा क्षेत्रगत कुल कर्जा लगानी (रू.अर्बमा)

bank-data

प्रतिक्रिया दिनुहोस्