Logo

५० प्रतिशत राइट र १५ प्रतिशत बोनस सेयर जारी गर्दै कृषि विकास बैंक

५० प्रतिशत राइट र १५ प्रतिशत बोनस सेयर जारी गर्दै कृषि विकास बैंक


बिजखबर संवाददाता
0
Shares

काटमाडौं । कृषि विकास बैंकले ५० प्रतिशत राइट सेयर र १५ प्रतिशत बोनस सेयर जारी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले ल्याएको पूँजी बृद्धि योजना अनुसार ५० प्रतिशत राइट सेयर जारी गर्न लागिएको कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकास सिटौलाले बताए ।

हाल कृषि विकास बैंकको चुक्ता पूँजी ९ अर्ब ८६ करोड ८० लाख रुपैयाँ छ । तर, राष्ट्र बैंकले अग्राधिकार (प्रिफेन्सियल) सेयरलाई चुक्ता पूँजीमा गणना नगरेपछि पूँजी बृद्धिको लागि राइट सेयर जारी गर्न लागेको सीईओ सिटौला बताउँछन् । प्रिफेन्सियल  सेयर गणना नगर्दा कृषि विकास बैंकको चुक्ता पूँजी ३ अर्ब ४२ करोड रुपैयाँ मात्र हुन आउँछ ।

सिटौलाका अनुसार राइट सेयर र बोनस सेयर जारी गर्नका लागि बैंक संचालक समितिको बैठकले निर्णय गरेर स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाइएको छ । राष्ट्र बैंकबाट स्वीकृति भएर आएसँगै साधारणसभाबाट पास गराएर जारी गरिने भएको छ । बैंकले शुरुमा १५ प्रतिशत बोनस सेयर दिने भएको छ । बोनस सेयर दिएपछि मात्र २ बरावर १ का दरले राइट सेयर जारी गरिने भएको छ । राष्ट्र बैंकले स्वीकृति दिएसँगै साधारणसभाको मिति तय गरिने समेत उनले जानकारी दिए ।

कृषि विकास बैंकमा ६ अर्ब ४४ करोड ८० लाख रुपैयाँको अग्राधिकार (प्रिफेन्सियल) सेयर छ । उक्त रकमलाई के गर्ने भन्ने विषय सरकारको निर्णयमा भर पर्ने समेत बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL