Logo

ज्ञानेन्द्र ढुंगानाले सम्हाले नबिल बैंकको कमाण्ड, बैंकिङ क्षेत्रमा २५ वर्षको अनुभव

ज्ञानेन्द्र ढुंगानाले सम्हाले नबिल बैंकको कमाण्ड, बैंकिङ क्षेत्रमा २५ वर्षको अनुभव



काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा ज्ञानेन्द्र प्रसाद ढुंगानाले कार्यभार सम्हालेका छन् । बैंकको असार १६ गते सम्पन्न संचालक समितिको बैठकले बैंकको सीइओमा ढुङ्गानालाई नियुक्त गरेको थियो । सोही अनुसार उनले शुक्रबार आफ्नो पदभार ग्रहण गरी कार्यभार सम्हालेका हुन् ।

उनले बैंकिङ क्षेत्रमा २५ वर्ष भन्दा बढी लामो अनुभव सम्हालेका छन् । नबिल बैंक आउनुअघि उनी नेपाल बङ्गलादेश बैंकको सीइओको रुपमा थिए । उनले एनबी बैंकले १० बर्ष सीइओको जिम्मेवारी सम्हालेका छन् । ढुङ्गाना सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा चयन भएका थिए।

प्रतिक्रिया दिनुहोस्
MBL